Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    भिक्टोरिया क्रस (भिसी) विजेता तुलबहादुर पुनको जन्म घरलाई संग्रहालय बनाउने तयारी

    भिक्टोरिया क्रस (भिसी) विजेता तुलबहादुर पुनको जन्म घरलाई संग्रहालय बनाउने तयारी


    • शनिवार, श्रावण २ २०७८

    • नेपाल वाइड


    भिक्टोरिया क्रस (भिसी) विजेता तुलबहादुर पुनको जन्म घरलाई संग्रहालय बनाउने तयारी
    भिसि तुलबहादुर तिलिजा पुन जन्मिए र हुर्किएको रघुगंगा गाउँपालिका–१ बादुकमा रहेको घर ।

    म्याग्दी । बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको जन्म घरलाई संग्रहालय बनाउने तयारी सुरु भएको छ । गोरखा सैनिक तुलबहादुर तिलिजा पुन जन्मिए र हुर्किएको घर रघुगंगा गाउँपालिका–१ बादुकमा अझै सुरक्षित छ ।

    घरलाई संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन उनका छोराबुहारी अर्जुन र शान्ती तिलिजा लागि परेका छन् । तुलबहादुरको नाममा बेगखोलामा सडक र पुन भिसी स्मृति संस्था रहेको छ । बेगखोलाको बादुरक गाउँमा सन् १९२३ मार्चमा जन्मिएका तुलबहादुर २० वर्षको उमेरमा भर्ती भएका थिए । उनको सन् २०११ अप्रिल २० मा ८८ वर्षको उमेरमा निधन भएको थियो । पुनको श्रीमती, बुहारी नातिनी गाउँमा बसेर बुवाले बनाएको सम्पतिको संरक्षण तथा फलफूल लगाउने काम गरिरहेका छन् । 

    पुन जन्मिएको तीन तले घरलाई उनले प्रयोग गरेका सामानहरु, पाएका सम्मानहरुलाई संरक्षण गरेर घरलाई संग्रालयको रुपमा बनाउने तयारी भएको छोरा अर्जुन तिलिजाले बताए । घरमा पुरानै सामानहरु समेटेर संग्रालय बनाएर संरक्षणको जिम्मा गाउँलाई दिने योजना रहेको बुहारी शान्ति तिलिजाले बताइन् । स्वर्गीय भिसी पुन अवकास पछि बादुक गाउँ फर्किएर खानेपानी, खेलमैदान, विद्यालय भवनलगायत दर्जनौं योजनामा समेत काम गरेका थिए । 

    गाउँमा कृष्ण आधारभूत विद्यालय र तिप्ल्याङमा कालिका आधारभूत विद्यालयको स्थापना भिसी पुनले गरेको स्थानीय पूर्णबहादुर गर्वुजाले बताए । वादुकवासीले तुलबहादुरको नाममा तिप्ल्याङदेखि बादुकसम्मको सडकलाई पुन भिसी सडकको रुपमा नामाकरण गरेका छन् भने तिप्ल्याङ–बादुक भिसी पदमार्ग बनाउने योजनामा बादुकबासी लागेका छन् ।

    मगर कलासस्कृति, बेगसँंग जोडिएको दोस्रो अग्लो र लामो पुल भएको यस बादुरक गाउँमा पुनको नाममा संग्रालय निर्माणले पर्यटकको गन्तव्यको विकास गरेर स्थानीयलाई लाभान्वित बनाउने योजना रहेको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए ।

    बेलायतमा गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् । पुनले दोस्रो विश्वयुद्वमा गरेको योगदानलाई मुल्याकंन गर्दै भिसी तुलबहादुरको सम्झनामा बेलायतमा जुन २३ बाट रेल सेवा सुरु भएको छ । बेलायतको एक रेल सेवाले त्यहाँको सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको सम्मान गर्दै रेल सेवा सुरु गरेको हो ।

    बेलायतमा चर्चाको शिखरमा रहेका भिसी जन्मथलो म्याग्दीमा भने गुमनाम रहेको छ । पुनले भिसी पाएको ७६ वर्ष पुगेको छ । भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए । उनले दोस्रो विश्वयुद्वमा बहादुरी र साहस प्रदर्शन गरेवापत सो पदक पाएका थिए ।

    दोस्रो विश्वयुद्वमा अद्वितीय पराक्रम प्रदर्शन गरेवापत भिसी पाएका गोरखा सैनिक तुलबहादुर पुनको नाममा २०२१ जुन २३ बाट बेलायतमा रेल सेवा संचालन भएको छ । पुनले भिक्टोरिया क्रस पाएको दिन र ७६ वर्ष पुगेको अवसरमा बेलायतको पश्चिमी क्षेत्रमा भिसी पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने ग्रेट वेस्टर्न रेलवेलाई भिसीका परिवारले धन्यवाद दिएका छन् । थाहा खबर

    VC Tul Bahadru Pun.jpg

    भिसि तुलबहादुर तिलिजा पुन ।

    सम्बन्धित समाचार