Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    साउन १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी चल्न दिने तयारी

    साउन १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी चल्न दिने तयारी


    • बिहिवार, आषाढ ३१ २०७८

    • नेपाल वाइड


    साउन १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी चल्न दिने तयारी
    फायल तस्बिर

    काठमाडौं । असार ३१, भोली साउन १ गते अर्थात शुक्रबारदेखि लामो दूरीका सार्वजनिक सवारी साधन चल्न दिने तयारी भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले यस्तो तयारी गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सर्वसाधारण नागरिकलाई लक्षित गर्दै सार्वजनिक सवारी सञ्चालनको तयारी गरिएको बताए ।

    ‘‘लामो दूरीका सार्वजनिक सवारी नचल्दा सर्वसाधारण मारमा परेका छन् । अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल अपनाएर गाडी चल्न दिने भन्ने छ । जोर–बिजोरका आधारमा चल्न दिने कि अन्य प्रावधानबाट चल्न दिने भन्नेबारे आज बैठक बस्दैछौँ,” उनले भने । प्रजिअ निरौलाका अनुसार अत्याधिक भिडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, जिमखाना, स्वीमिङपुल, पार्टिप्यालेस, मठमन्दिरहरुको हकका पहिला कै नियम कायम गरिनेछ ।

    यसअघि छोटो दूरीका सबै किसिमका सार्वजनिक सवारी साधन सञ्चालनमा आइसकेका छन् । २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली पनि हटिसकेको छ । व्यापारिक प्रयोजनका क्षेत्रहरु पनि सञ्चालनमा आइसकेका छन् ।

    काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो दश दिन थप गरिएको निषेधाज्ञा आज बेलुका राति १२ बजे सकिँदैछ । काठमाडौं उपत्यकामा दैनिक पाँचसयको हाराहारीमा संक्रमण फैलिरहेको छ ।

    सम्बन्धित समाचार