Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    शौचालय निर्माणका क्रममा बचेको एक लाख विद्यालयलाई हस्तान्तरण

    शौचालय निर्माणका क्रममा बचेको एक लाख विद्यालयलाई हस्तान्तरण


    • बुधवार, आषाढ ३० २०७८

    • नेपाल वाइड


    शौचालय निर्माणका क्रममा बचेको एक लाख विद्यालयलाई हस्तान्तरण
    प्रतिकात्मक तस्बिर

    खोटाङ । असार ३०, हाल उपभोक्ता समितिको नाममा ‘कमाउ धन्धा’ चलाइएका उदाहरण प्रशस्तै देखिन्छन् । उपभोक्ता समितिमा बस्ने र थोरै बजेटमा टालटुले काम गरेर लाभ लिने प्रवृत्ति बढ्दो छ ।

    तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा भने शौचालय निर्माणका क्रममा बचेको पैसा निर्माण समितिले विद्यालयलाई प्रदान गरेको छ । संघीय सरकारबाट शिक्षाको शिर्षकमा प्राप्त भएको सशर्त अनुदानमध्येबाट नगरपालिकाले वितरण गरेको ७ लाखमा स्थानीय पञ्चावती प्राविको दुई कोठे शौचालय निर्माण गरेर बाँकी रहेको एक लाख रकम सोही विद्यालयलाई प्रदान गरिएको हो ।

    शौचालय निर्माणका लागि ७ लाख बजेट विनियोजन गरिएकामा ६ लाखमा निर्माणको काम सम्पन्न गरेर एक लाख रकम पञ्चावती प्रावि प्रदान गरिएको शौचालय निर्माण समितिका अध्यक्ष होमबहादुर राउतले बताए ।

    ५ वटा शौचालय निर्माणका क्रममा नगरपालिकाले पञ्चावती प्राविलाई छनौट गरेको थियो । शौचालय निर्माणका क्रममा बाँकी रहेको बजेट शौचालय निर्माण समितिका अध्यक्ष राउतले विव्यास अध्यक्ष ठाकुरसिं आले र प्रअ पदमलाल चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

    निर्माण उपभोक्ता समितिले असार असार २४ गते विद्यालयको शौचालय निर्माणको काम सम्पन्न गरेको थियो । ७ लाखको भ्याट÷ट्याक्स काट्दा पनि शौचालयको काम पुरा गरेर निर्माण समितिले विद्यालयलाई एक लाख प्रदान गरेको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । मंगलटारकै पिपलडाँडा माविको उत्ति नै बजेटमा बनाइएको सोही प्रकृतिको शौचालय सन्तोषजनक नभएको अवस्थामा सोही वडाको पञ्चावती प्राविमा भने शौचालय निर्माण गरेर एक लाख बचाएर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

    रकमको लोभमा उपभोक्ता समितिमा बस्नका लागि लडाँई गर्नेका लागि राउत नेतृत्वको निर्माण समितिले गतिलो झापड हानेको छ । उपभोक्ता समितिको नाममा हुने कमाउ धन्धालाई पनि निर्माण समितिले छताछुल्ल पारिदिएको छ । ‘काम गर्दा कति बजेट बचाउन सकिँदो रहेछ भन्ने अनुभव पनि भयो । काम गरौं तर बजेट खल्तीमा हाल्न हुन्न भन्ने हाम्रो मान्यता हो,’ अध्यक्ष राउतले भने, ‘उपभोक्ता समितिमार्फत राम्रो काम गर्नुपर्छ । अरु योजनामा पनि निगरानी राख्ने हो भने बजेटको सदुपयोग हुने रहेछ ।’

    हाल उपभोक्ता समितिको नाममा ‘कमाउ धन्दा’ चलाइएका उदाहरण प्रशस्तै देखिन्छन् । उपभोक्ता समितिमा बस्ने र थोरै बजेटमा टालटुले काम गरेर लाभ लिने प्रवृत्ति बढ्दो छ ।

    तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा भने शौचालय निर्माणका क्रममा बचेको पैसा निर्माण समितिले विद्यालयलाई प्रदान गरेको छ । शिक्षा मन्त्रालयबाट प्राप्त भएको सशर्त अनुदान अन्तरगत स्थानीय पञ्चावती प्राविको दुई कोठे शौचालय निर्माणका क्रममा बाँकी रहेको एक लाख रकम सोही विद्यालयलाई प्रदान गरिएको हो ।

    मन्त्रालयबाट ७ लाख सशर्त बजेट प्राप्त भएकामा ६ लाखमा शौचालय निर्माणको काम सम्पन्न गरेर एक लाख रकम पञ्चावती प्रावि प्रदान गरिएको शौचालय निर्माण समितिका अध्यक्ष होमबहादुर राउतले बताए ।

    शौचालय निर्माणका क्रममा बाँकी रहेको बजेट शौचालय निर्माण समितिका अध्यक्ष राउतले विव्यास अध्यक्ष ठाकुरसिं आले र प्रअ पदमलाल चौधरीलाई हस्तान्तरण गरेका हुन् । निर्माण उपभोक्ता समितिले असार असार २४ गते विद्यालयको शौचालय निर्माणको काम सम्पन्न गरेको थियो ।

    ७ लाखको भ्याट/ट्याक्स काट्दा पनि शौचालयको काम पुरा गरेर निर्माण समितिले विद्यालयलाई एक लाख प्रदान गरेको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । मंगलटारकै पिपलडाँडा माविको उत्ति नै बजेटमा बनाइएको सोही प्रकृतिको शौचालय सन्तोषजनक नभएको अवस्थामा सोही वडाको पञ्चावती प्राविमा भने शौचालय निर्माण गरेर एक लाख बचाएर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

    रकमको लोभमा उपभोक्ता समितिमा बस्नका लागि लडाँई गर्नेका लागि राउत नेतृत्वको निर्माण समितिले गतिलो झापड हानेको छ । उपभोक्ता समितिको नाममा हुने कमाउ धन्धालाई पनि निर्माण समितिले छताछुल्ल पारिदिएको छ । ‘काम गर्दा कति बजेट बचाउन सकिँदो रहेछ भन्ने अनुभव पनि भयो ।

    काम गरौं तर बजेट खल्तीमा हाल्न हुन्न भन्ने हाम्रो मान्यता हो,’ अध्यक्ष राउतले भने, ‘उपभोक्ता समितिमार्फत राम्रो काम गर्नुपर्छ । अरु योजनामा पनि निगरानी राख्ने हो भने बजेटको सदुपयोग हुने रहेछ ।’

    सम्बन्धित समाचार