शनिवार, आषाढ २६ २०७८
नेपाल वाइड
खोटाङ । असार २६, कतारमा सुतेकै ठाउँमा मृत फेला परेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे इजाराका चन्द्रबहादुर लुहार बिश्वकर्माको परिवारका लागि आर्थिक जुटेको छ ।
कतारमा कार्यरत कम्पनीबाट फर्किएपछि खानपिन गरेर सुतेको अवस्थामा आफ्नै कोठामा मृत फुला परेका बिश्वकर्माको छोरीहरुको पठन–पाठन एवं घरायसी कामका लागि कतारमै रहेका शुभेच्छुकको पहलमा आर्थिक सहयोग जुटाइएको हो ।
गत बैसाख २६ गते सुतकै ठाउँमा मृत फेला परेका बिश्वकर्माको छोरीको शिक्षादिक्षा एवं घर खर्च चलाउनका लागि सहयोग पु¥याउने उद्धेश्यले उत्पीडित समानान्तर समाज कतारका अध्यक्ष कुमार बिश्वकर्माको पहलमा १ लाख ५० हजारभन्दा बढी रकम संकलन गरेर मृतक परिवारलाई प्रदान गरिएको छ ।
गणेश दर्नाल, किशोर दर्नाल, इन्द्र बिश्वकर्मा, गणेश घिमिरे, प्रेमविक्रम लुहार बिश्वकर्मा लगायतको सक्रियतामा विभिन्न जिल्लाका ३९ दाताबाट जुटाइएको सहयोग रकम आइएमई गरेर चन्द्रबहादुरको परिवारको नाममा पठाएको उत्पीडित समानान्तर समाजले जनाएको छ ।
रोजगारीका सिलसिलामा केही वर्षअघि मात्र कतार पुगेका चन्द्रबहादुरको शव गत जेठ ३१ गते नेपाल ल्याइएको थियो । कोभिड–१९ को महामारीका कारण उनको शव स्वदेश ल्याउन सकस भएको आफन्तको भनाई छ ।
चन्द्रबहादुरको दाहसंस्कारपछि कतारमा नेपाली दाजुभाई तथा आफन्तले शोक भेला गरेको छ । शोकसभामा उत्पीडित समानान्तर समाज कतारका अध्यक्ष बिश्वकर्मा संकलित रकम चन्द्रबहादुरको छोरीहरुको पढाइ लेखाई र आवश्यक खर्चमा सदुपयोग हुने बिश्वास व्यक्त गरेका छन् ।