Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    मुण्डा घरले किच्दा छोरा गुमाएका परिवारलाई आर्थिक सहयोग

    मुण्डा घरले किच्दा छोरा गुमाएका परिवारलाई आर्थिक सहयोग


    • सोमवार, आषाढ २१ २०७८

    • नेपाल वाइड


    मुण्डा घरले किच्दा छोरा गुमाएका परिवारलाई आर्थिक सहयोग
    घर भत्किदा छोरा गुमाएका धितुङका रमेश सार्कीका परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको सहयोग प्रदान गर्दै वडाध्यक्ष पृथ्बीराज राई ।

    खोटाङ । असार २१, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले छाडिसकिएको पुरानो घरले किच्दा छोरा गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

    बाँसको टाँटीले बारेको र हिलो माटो छापेर छानो बनाइएको मुण्डा घर भत्किएर किच्दा १४ वर्षीय छोरा राजकुमार सार्की गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्कीलाई प्राकृतिक प्रकोप सहयोग कोषले १० हजार आर्थिक सहयोग गरेको हो ।

    धितुङका वडाध्यक्ष पृथ्बीराज राईमार्फत पिडित परिवारलाई राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले जानकारी दिए ।

    बसोबास नभएको मुण्डा घरभित्र पसेर खेल्नेक्रममा भत्किएर किच्दा राजकुमारको असार १८ गते घट्नास्थलमै मृत्यु भएको थियो । राजकुमारसँगै खेल्न गएका दुई बालकले भने भागेर ज्यान बचाएका थिए ।

    प्लाष्टिकमाथि छानाकारुपमा राखिएको माटो वर्षाका कारण भिजेर गर्‍हौँ हुँदा भार थेग्न नसकेर घर भत्किएर बालकलाई थिचेको थियो । खोटाङ समाज हङकङले स्थापना गरेको कोषले आगलागी, बाढी पहिरो, चट्याङ लगायतका प्राकृतिक विपत्तीमा परेका सर्वसाधारणलाई सहयोग गर्दैआएको छ ।

    सम्बन्धित समाचार