शनिवार, आषाढ १९ २०७८
नेपाल वाइड
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिविध कार्यक्रमको आयोजना गर्दै चौथो नगर दिवस मनाएको छ । शुुक्रबार नगरपालिकाले बिभिन्न छ वटा कार्यक्रम एकैसाथ सम्पन्न गर्दै नगर दिवश मनाएको हो ।
नगरदिवसको अबशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाका आमा समूहलाई एक–एक थान कुटानी, पिसानी मिल हस्तान्तरण गरिएको छ ।
यस्तै, नगरदिवसको अवसरमा आरण पेसालाई प्रवर्धन गर्ने उद्देश्यकासाथ वडाका एक एक जना गरि १५ जनालाई ओलडिङ मेसिन हस्तान्तरण, नगर क्षेत्रभित्र लोप हदै गएको नौमत्ति बाजा संरक्षणका लागि नौमत्ती बाजा एक थान हस्तान्तरण गरिएको छ ।

यस्तै फरक क्षमता भएका पाँच जना व्यक्तिहरूलाई जनही नगद रु १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग रकम हस्तान्तरण गर्दै गर्भवती महिलाहरुको पोषण झोलाको कार्यक्रम सुभारम्भ गरिएको नगरप्रमुख रिजालले बताउनुभयो ।
नगर दिवसका अबशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की अतिविपन्न, एकल महिला अम्बिका खतिवडालाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत भुकम्प प्रतिरोधात्मक एक तले पक्कि घर निर्माण गरि हस्तान्तरण गरिएको नगर उप-प्रमुख विणादेवी राईले बताउनुभयो ।