Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कोरोना बिमाकाे रकम भुक्तानी गर्न मोरङका पत्रकारको माग

    कोरोना बिमाकाे रकम भुक्तानी गर्न मोरङका पत्रकारको माग

    • शुक्रवार, आषाढ १८ २०७८

    • नेपाल वाइड

    कोरोना बिमाकाे रकम भुक्तानी गर्न मोरङका पत्रकारको माग
    ज्ञापन पत्र वुझाउदै पत्रकार

    विराटनगर । एक साताभित्र बिमा रकम भुक्तानी गराउन माग गर्दै मोरङका कोरोना पीडित पत्रकारले बिमा कम्पनी र प्रशासनको ध्यानाकर्षण गरेका छन् । भुक्तानी दाबी गरिएको लामो समयसम्म प्राप्त नभएपछि कोरोना पीडित पत्रकारहरूले शुक्रबार बिमा कम्पनी र जिल्ला प्रशासन कार्यालय मोरङलाई ज्ञापन पत्र बुझाएका छन् ।

    विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रीसमक्ष बिमा भुक्तानी पाउन बाँकी १९ जना पत्रकारहरूले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले संक्रमित भई बिमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरेको प्रतिवद्धता विपरीत ११ महिना बितिसक्दा पनि भुक्तानी नदिएको भन्दै प्रशासनको समेत ध्यानाकर्षण गरेका छन् ।  

    “तपाईंहरूले नेपाल सरकारको घोषित कार्यक्रम कार्यान्वयन गर्नुभएको हो । हामीले तपाईंहरूले तोकेको प्रिमियम तिरेर बिमा गरेका हौँ। तपाईहरूले हामीसँग लिखित सम्झौता गर्नुभएको छ,” ज्ञापन पत्रमा उल्लेख छ, “तर, हामीले पाउनु पर्ने भुक्तानी अझै पाएका छैनौँ । हामीले गरेको बिमा दाबीको प्रक्रिया कहाँ पुगेको छ र के हुँदैछ ? भन्ने अन्यौलपूर्ण अवस्था छ ।”

    पत्रकारहरूले तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्न माग समेत गरेका छन् । आफूहरूको माग सम्बोधन नभए सम्पूर्ण पीडित बिमितहरूलाई संगठित गरेर संघर्ष गर्ने उनीहरूको चेतावनी छ । 

    जिल्ला प्रशासन कार्यालय मोरङ, बिमा समिति काठमाडौं र नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिलाई पनि बोधार्थ पठाएको बताइएको छ । 

    सम्बन्धित समाचार