Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङम पुरानो घर भत्किँदा थिचिएर वालकको मृत्यु

    खोटाङम पुरानो घर भत्किँदा थिचिएर वालकको मृत्यु


    • शुक्रवार, आषाढ १८ २०७८

    • नेपाल वाइड


    खोटाङम पुरानो घर भत्किँदा थिचिएर वालकको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ । असार १८, छाडिसकिएको घरको तला भत्किएर थिच्दा खोटाङमा एक वालकको मृत्यु भएको छ । चारैतिर बाँसको भाटाको बेराले बारेको र हिलो माटो छापेर छानो बनाइएको मुण्डा घरले भत्किएर किच्दा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्की र संगीता सार्कीका १४ वर्षीय राजकुमार सार्कीको मृत्यु भएको हो ।

    बसोबास गर्न छाडिसकिएको घरभित्र पसेर खेल्नेक्रममा भत्किएर किच्दा सार्कीको शुक्रबार घट्नास्थलमै मृत्यु भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

    राजकुमारसँगै खेल्न गएका दुई बालकले भने भागेर ज्यान बचाएका छन् । प्लाष्टिकमाथि छानाकारुपमा राखिएको माटो वर्षाका कारण भिजेर ग¥हौँ हुँदा भार थेग्न नसकेर घर भत्किएको अनुमान गरिएको छ ।

    भागेर ज्यान बचाएका योनानाथ सार्की र मिलन सार्कीको अवस्था सामान्य रहेको छ । राजकुमारको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको मेयर राईले बताए । ‘मान्छे वस्न छाडेपछि घरको काठपात मक्कियो, कमजोर भएको थियो,’ मेयर राईले भने, ‘वर्षाको पानीले घरको छानाको माटो भिजेपछि वेट धान्न सकेन । भत्किएर बच्चा किच्यो ।’

    सम्बन्धित समाचार