Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


    • बिहिवार, आषाढ १७ २०७८

    • नेपाल वाइड


    नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
    फायल तस्बिर

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छा कामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरि रहेकाले पन्छाउन कठिन भएको छ । पहिरो बिहान २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । रासस

    सम्बन्धित समाचार