Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पत्रकार महासंघ खोटाङद्धारा पत्रकारलाई लोगो अंकित प्रेस ज्याकेट

    पत्रकार महासंघ खोटाङद्धारा पत्रकारलाई लोगो अंकित प्रेस ज्याकेट


    • शुक्रवार, आषाढ ११ २०७८

    • नेपाल वाइड


    पत्रकार महासंघ खोटाङद्धारा पत्रकारलाई लोगो अंकित प्रेस ज्याकेट
    बरिष्ठ पत्रकार कृष्ण आचार्यलाई प्रेस ज्याकेट प्रदान गर्दै पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री (दायाँ) । 

    खोटाङ । असार ११, नेपाल पत्रकार महासंघ खोटाङ शाखाले पत्रकारलाई लोगो अंकित प्रेस ज्याकेट वितरण गरेको छ । कोभिड–१९ को महामारीमा जोखिम मोलेर पत्रकारिता गरिरहेका पत्रकारलाई मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाएर उपलव्ध गराउँदै आएको महासंघले नेपाल पत्रकार महासंघको लोगो अंकित प्रेस ज्याकेट प्रदान गरेको हो ।

    समाचार संकलनका क्रममा थप सहजता मिलोस् भनेर पत्रकारलाई नेपाल पत्रकार महासंघको लोगो अंकित एप्रोन वितरण गरिएको नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए ।

    महासंघको साधारण सदस्य लिएर पत्रकारिता गरिरहेका तथा महासंघको सदस्य नभए पनि पत्रकारितामा क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट प्रदान गरिएको हो । दिक्तेलको भवनगैरास्थित नेपाल पत्रकार महासंघको सम्पर्क कार्यालयमा शुक्रबार बरिष्ठ पत्रकार कृष्ण आचार्य र महासंघका अध्यक्ष खत्रीले पत्रकारलाई प्रेस ज्याकेट प्रदान गरेका थिए ।

    जिल्लामा महासंघका २६ जना साधारण सदस्य छन् । छुट भएका पत्रकारलाई क्रमशः एप्रोन उपलव्ध गराइने महासंघले जनाएको छ ।महासंघले हाल पत्रकार आपतकालीन सहायता कोष स्थापना गरेर सहयोग रकम जुटाउने अभियान सञ्चालन गरिरहेको छ ।

    जिल्लामा क्रियासिल पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपतकालीन सहायता कोषमा हालसम्म ११ लाखको हाराहारीमा सहयोग रकम संकलन भइसकेको अध्यक्ष खत्रीले बताए ।

    सम्बन्धित समाचार