Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

    एटीएम मेसिन तोडफोड गर्ने पक्राउ


    • शुक्रवार, आषाढ ११ २०७८

    • नेपाल वाइड


    एटीएम मेसिन तोडफोड गर्ने पक्राउ
    प्रतिकात्मक तस्बिर

    कञ्चनपुर । भीमदत्त नगरपालिका–४, महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआईसी एशिया बैंकमा जडान गरिएको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एकजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२, दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । बुधबार राति ८ः३० बजे जाँदा एटीएम मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो ।

    तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो । पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

    सम्बन्धित समाचार