Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    व्यवसायी एवं समाजसेवी घिमिरेले वितरण गरे स्थानीयलाई खाद्यान्न

    व्यवसायी एवं समाजसेवी घिमिरेले वितरण गरे स्थानीयलाई खाद्यान्न


    • बुधवार, आषाढ ९ २०७८

    • नेपाल वाइड


    व्यवसायी एवं समाजसेवी घिमिरेले वितरण गरे स्थानीयलाई खाद्यान्न
    व्यवसायी एवं समाजसेवी उपेन्द्र घिमिरेको खाद्यान्न वितरणका क्रममा मेयर इवन राई, उपमेयर विमला राई लगायत । तस्बिर सौजन्य  :  शैलेसकिरण चाम्लिङ

    खोटाङ । असार ९, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका व्यवसायी एवं समाजसेवी उपेन्द्र घिमिरेले आफ्नो गाउँका स्थानीयलाई खाद्यान्न वितरण गरेको छ ।

    कोभिड–१९ को महामारीका बेला घर बाहिर आयआर्जनमुलक काम गर्न नसक्दा समस्यामा परिरहेका च्यास्मीटारका ६०२ घर परिवारलाई व्यवसायी तथा समाजसेवी घिमिरेले चामल, दाल, नुन र तेल वितरण गरेको हो ।

    सर्वज्ञ रियलस्टेट प्रालिका सिइओ घिमिरेले आफ्नै खर्चमा च्यास्मीटारका हरेक परिवारलाई प्रतिपरिवार ३० केजी चामल, २ केजी दाल, १ केजी नुन र १ पोका तेल वितरण गरेको हो । लामो समयपछि चिनजान तथा भेटघाटका लागि भन्दै घिमिरे चार ट्रकमा खाद्यान्न लिएर गाउँ आएका थिए ।

    उनले हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाध्यक्ष भलाराज राई, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेत, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी लगायतको उपस्थितिमा खाद्यान्न बाँडेका हुन् ।

    हाल भक्तपुर कटुञ्जेमा बसिरहेका घिमिरे ६१४ बोरा चामल लिएर गाउँ आएका थिए । वडामा बाँडिसकेपछि बाँकी रहेको चामल छिमेकी वडाका स्थानीयलाई बाँडिएको शिक्षासेवी एवं अध्यापक शैलेशकिरण चाम्लिङले जानकारी दिए ।

    सुक्खाग्रस्त क्षेत्र घोषित च्यास्मीटारमा प्रायः जेठ–असारको समयमा खाद्यान्नको अभाव हुने गरेकाले ‘आफ्नो गाउँका लागि केही गरौं’ भन्ने लक्ष्यका साथ खाद्य सामग्री वितरण गरेको व्यवसायी एवं समाजसेवी घिमिरेले बताए । खाद्यान्न वितरणका क्रममा स्थानीयलाई मास्क र सेनीटाइजर पनि वितरण गरिएको छ ।

    सम्बन्धित समाचार