Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    रुख काट्नेक्रममा हाँगाले लागेर खोटाङका एक युवकको मृत्यु

    रुख काट्नेक्रममा हाँगाले लागेर खोटाङका एक युवकको मृत्यु


    • आइतवार, जेठ ३० २०७८

    • नेपाल वाइड


    रुख काट्नेक्रममा हाँगाले लागेर खोटाङका एक युवकको मृत्यु
    सांकेतिक तस्बिर

    उदयपुर । जेठ ३०, उदयपुरमा रुख काट्नेक्रममा हाँगाले लागेर खोटाङका एक युवकको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका २२ वर्षीय सरोज राईको रुख काट्ने क्रममा टाउकोमा हाँगाले लागेर आईतबार दिउसो मृत्यु भएको प्रहरीले जनाएको छ । 

    उदयपुरको त्रियुगा नगरपालिका–७ पानीतारे स्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिले कटाएको रुख काट्ने क्रममा हाँगाले लागेर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिए ।

    समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट कटान आदेश लिई रुख काटाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार