Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कांग्रेसका नेता विष्णुकुमार राईलाई पितृशोक

    कांग्रेसका नेता विष्णुकुमार राईलाई पितृशोक


    • बिहिवार, जेठ २७ २०७८

    • नेपाल वाइड


    कांग्रेसका नेता विष्णुकुमार राईलाई पितृशोक
    स्वा. डिल्लीबहादुर राई

    खोटाङ । जेठ २६, नेपाली कांग्रेसका नेता विष्णुकुमार राईलाई पितृशोक परेको छ । कांग्रेसका पुर्व जिल्ला सभापति, तत्कालिन जिल्ला विकास समितिका पुर्वसभापति एबं साहित्यकार राईको पिता डिल्लीबहादुर राईको ८९ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

    प्रजातान्त्रिक विकास र आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु निवासी डिल्लीबहादुरको मंगलबार साँझ निधन भएको हो । उनको बुधबार कांग्रेस नेता, शुभेच्छुक तथा आफन्तको उपस्थितिमा दाहसंस्कार गरिएको छ । पार्टीका पुराना, सच्चा, इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित व्यक्तिको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

    कांग्रेस राजनितीमा लामो योगदान पु¥याएका राईले २००७ सालको जनक्रान्ती तथा पार्टीको प्रतिवन्धित कालमा महत्वपूर्ण भूमीका निर्वाह गरेका थिए । प्रतिवन्धित कालमा उनी जिल्ला सदस्यका रुपमा खटिएका थिए । उनका तीन छोरा र एक छोरी छन् ।

    सम्बन्धित समाचार