Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्वास्थ्य

    कालो ढुसी संक्रमणका कारण सेती प्रादेशिक अस्पतालमा एकजनाको मृत्यु

    कालो ढुसी संक्रमणका कारण सेती प्रादेशिक अस्पतालमा एकजनाको मृत्यु


    • बिहिवार, जेठ २० २०७८

    • नेपाल वाइड


    कालो ढुसी संक्रमणका कारण सेती प्रादेशिक अस्पतालमा एकजनाको मृत्यु
    फायल तस्बिर

    धनगढी । कालो ढुसी (म्यूकर माइकोसिस) को संक्रमण बढ्दै जाँदा सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको कालो ढुसीको संक्रमणबाट मृत्यु भएको हो ।

    मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए ।

    आईसीयूमा राखेर उनको उपचार थालिएकोमा उपचारकै क्रममा बिहीबार बिहान ७ बजे उनको मृत्यु भएको डा. कमरले बताए । ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो ।

    तर उनको रिपोर्ट नेगेटिभ आएको उपचारमा संलग्न अर्का चिकित्सक डा. अशोक श्रीपाइलीले जानकारी दिए । उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थालेपछि म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित समाचार