Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु

    खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु


    • बुधवार, जेठ १९ २०७८

    • नेपाल वाइड


    खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु
    प्रतिकात्मक तस्बिर

    खोटाङ । जेठ १९, बालुवा लिन जाँदै गरेको ट्याक्टर दुर्घट्ना हुँदा खोटाङमा एकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङबाट सुनकोसी किनार भाडबेँसीमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घट्ना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका अन्दाजी १८/२० वर्षका रोशन राउतको मृत्यु भएको हो ।

    लैकुखोला नजिकको टर्निङमा ट्याक्टर पल्टिँदा राउतको घट्नास्थलमै मृत्यु भएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिए ।

    वडा कार्यालय धितुङको निर्माणाधिन भवनका लागि बालुवा लिन जानेक्रममा सडकमा ट्याक्टरको अगाडिको भाग पल्टिएको र सोही भागले किच्दा चालकको मृत्यु भएको जनाइएको छ ।

     

    सम्बन्धित समाचार