Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    एम्बुलेन्सबाट १ क्वीन्टल गाँजा सहित २ जना पक्राउ

    एम्बुलेन्सबाट १ क्वीन्टल गाँजा सहित २ जना पक्राउ


    • मंगलवार, जेठ ११ २०७८

    • नेपाल वाइड


    एम्बुलेन्सबाट १ क्वीन्टल गाँजा सहित २ जना पक्राउ
    गाँजा सहित पक्राउ परेका २ व्यक्ति

    सुनसरी । जेष्ठ ११, धरान उपमहानगरपालिका २ स्थित रत्नरोड छेउबाट प्रहरीले एम्बुलेन्सबाट १०० के.जी.गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

    सोमबार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ लादै गरेको गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेक जाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५/२५ के.जी. को ४ वटा झोलामा जम्मा १०० के.जी. लागूऔषध गाँजा बरामद गरेको हो ।

    बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार