Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    विकास निर्माण

    म्याद सकिएपछि दिक्तेल–खानीडाँडा–आहाले सडक ढलान सुरु

    म्याद सकिएपछि दिक्तेल–खानीडाँडा–आहाले सडक ढलान सुरु


    • मंगलवार, जेठ ११ २०७८

    • नेपाल वाइड


    म्याद सकिएपछि दिक्तेल–खानीडाँडा–आहाले सडक ढलान सुरु
    दिक्तेल–खानीडाँडा–आहाले सडकको दिक्तेलबजार खण्डमा आरसिसि ढलान गरिँदै ।

    खोटाङ । जेठ ११, म्याद सकिएपछि खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक ढलान सुरु गरिएको छ । राष्ट्रिय पुःननिर्माण प्राधिकरणको आर्थिक लगानीमा सुरु गरिएको दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) खण्डको डिबिएसटी कालोपत्रेको म्याद सकिएको १० पछि दिक्तेलबजारको अस्पतालचोकबाट आइतबारदेखि आरसिसि ढलान सुरु गरिएको हो ।

    दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको प्रथम पटक थप भएको म्याद गत बैसाख २९ गते सकिएको थियो । निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले २०७६ साल चैत ७ गतेसम्मको सम्झौता म्याद गुजारेपछि गत बैसाख २९ गतेसम्मका लागि म्याद थप गरिएको थियो ।

    दिक्तेलबजारको हाटडाँडाका केशव बस्नेतको घरसम्म आरसिसि ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गरिने निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र राईले बताए । थप भएको म्याद सकिँदा पनि सडक कालोपत्रेको कामको भौतिक तथा वित्तीय प्रगती करिब ५० प्रतिशत पुगेको बताइएको छ ।

    याक्थुङहाङ/साप/सिरुवा जेभीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो । दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने सडक राष्ट्रिय पुःननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रेको विभिन्न चरणको काम सुरु गरिएको थियो ।

    १८ महिनाभित्र पूरा गर्नेगरी ठेक्का लागेको कालोपत्रेको काम २०७५ साल मंसिर १ गते प्रतिनिधिसभाका सांसद बिशाल भट्टराईले शिलान्यास गरेका थिए । सुरुका दिनमा तिव्र गतिमा अघि बढाइएको सडक कालोपत्रेको काम क्रमशः सुस्त गतिमा अघि बढेपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भइरहेको छ ।

    दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम सुस्त भएपछि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले गत चैतमा प्रतिनिधि परिवर्तन गरेको छ । सुरुमा कल्याण दाहाललाई प्रतिनिधि राखेको निर्माण कम्पनीले राईलाई प्रतिनिधि चयन गरेको हो ।

    याक्थुङहाङ/साप/सिरुवा जेभीको प्रतिनिधि बनेका राईले चैत ८ गते सडक कालोपत्रेको बाँकी कामका लागि सम्झौता गरेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङका नासु एवं सुचना अधिकारी मणिराम ढकालले बताए ।

    सम्बन्धित समाचार