Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    खोटाङमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु


    • बिहिवार, जेठ ६ २०७८

    • नेपाल वाइड


    खोटाङमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ । जेठ ६, ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको हो ।

    बिहिबार सडकबाट पल्टिएको ट्याक्टर करिब ३० मिटर तल खस्दा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले बताए ।

    दुर्घट्नामा डुम्रेधारापानी निवासी ट्याक्टर चालक २१ वर्षीय सुशिल श्रेष्ठ गम्भीर घाईते र २९ वर्षीय धनबहादुर सुनुवार मध्यम घाईते भएका छन् । घाईतेलाई जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पछि काठ्माण्डौं रेफर गरिएको छ । घट्नास्थल मुचुल्काको काम पुरा गरेर शव जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    यस्तै, आगलागी हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका कुलबहाखुर खत्रीको पाँच लाखभन्दा बढीको धनमाल क्षती भएको छ । बिहिबार बिहान चुल्होबाट सल्किएको आगोले दुई तले घर जल्दा ५ लाख २० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगालीमा घर, घरभित्र राखिएको काठपात, भाँडावर्तन, लत्ताकपडा, अन्नपात लगायत जलेर नष्ट भएको छ ।

    सम्बन्धित समाचार