Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    भूकम्प अपडेट :

    लमजुङ भूकम्प : केही घण्टामै तीन धक्का, क्षतिको विवरण आउन बाँकी

    लमजुङ भूकम्प : केही घण्टामै तीन धक्का, क्षतिको विवरण आउन बाँकी


    • बुधवार, जेठ ५ २०७८

    • नेपाल वाइड


    लमजुङ भूकम्प  : केही घण्टामै तीन धक्का, क्षतिको विवरण आउन बाँकी
    लमजुङको बेंसीसहर नगरपालिका–६ चनौटेमा बुधबार बिहान भूकम्पले भत्किएको घर । तस्बिर सौजन्य : कृष्ण आले

    लमजुङ । लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ । ५.८ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो । 

    विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए ।

    यसैबीच लमजुङमा भूकम्पका तीन धक्का मापन गरियो । बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको पहिलो धक्का मापन गरिएको थियो । त्यसको केन्द्रविन्दु भुलभुले आसपास थियो ।

    यस्तै, ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको धक्का मापन गरिएको छ । यी तिनै धक्काको केन्द्रविन्दु आसपास रह्यो । यसदेखि बाहेक पनि सोही ठाउँ केन्द्रविन्दु भएका ४ म्याग्निच्युडदेखि मुनिका अरु धक्काहरु मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

    आजको पहिलो धक्कासहित यी सबै धक्का विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प भएको जनाइएको छ । आजको पहिलो ठूलो धक्कापछि त्यसको परकम्पको रूपमा थप कम्पन भएको केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइराला बताउँछन् । यद्यपि, यी तीनै धक्का गोरखा भूकम्पका परकम्प हुन् ।

    “पछिल्ला दुईटा ५.८ सँग रिलेटेड हो । तर, ५.८ चाहिँ गोरखा भूकम्पसँग रिलेटेड हो । त्यसैले यी सबै गोरखा भूकम्पकै परकम्प हुन्,” ५ म्याग्निच्युडदेखि माथिका भूकम्प गएपछि त्यसको परकम्पहरु आउने सामान्य प्रक्रिया भएको उनले बताए ।





    रासस 

    सम्बन्धित समाचार