Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    भूकम्प

    लमजुङ भूकम्प : घर भत्किए, घर भत्किँदा घाइते भएकाको उपचार हुदै

    लमजुङ भूकम्प : घर भत्किए, घर भत्किँदा घाइते भएकाको उपचार हुदै


    • बुधवार, जेठ ५ २०७८

    • नेपाल वाइड


    लमजुङ भूकम्प : घर भत्किए, घर भत्किँदा घाइते भएकाको उपचार हुदै
    लमजुङको बेंसीसहर नगरपालिका–६ चनौटेमा बुधबार बिहान भूकम्पले भत्किएको घर । तस्बिर सौजन्य : कृष्ण आले

    काठमाडौं । लमजुङलाई केन्द्रबिन्दु बनाएर आज विहान गएको भुकम्पले केही घर भत्किनुका साथै केही स्थानिय घाईते भएका छन । लम्जुङको भुलभुले केन्द्रबिन्दु भएर गएको भूकम्प ५.८ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प जमीनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको केन्द्रले जनाएको छ । भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् ।

    भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको बताए ।

    लम्जुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए ।

    दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए । भूकम्पको देशका बिभिन्न भुभागमा धक्का महसूस गरिएको थियो ।

    सम्बन्धित समाचार