Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ब्रोइलर कुखुरा फर्ममा आगलागी हुँदा चार लाख बढीको क्षती

    ब्रोइलर कुखुरा फर्ममा आगलागी हुँदा चार लाख बढीको क्षती


    • शनिवार, जेठ १ २०७८

    • नेपाल वाइड


    ब्रोइलर कुखुरा फर्ममा आगलागी हुँदा चार लाख बढीको क्षती
    ब्रोइलर कुखुरा फर्ममा लागेको आगो निभाउँदै स्थानीय । तस्बिर सौजन्य : केशव कार्की

    खोटाङ । जेठ १, ब्रोइलर कुखुरा फर्ममा आगलागी हुँदा खोटाङमा चार लाखभन्दा बढीको क्षती भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी बजारका अशोक राईको ब्रोइलर कुखुरा फर्म जल्दा करिब ४ लाख २६ हजारको क्षती भएको हो ।

    शुक्रबार राती हिटर जलेर आगलागी हुँदा राईको लम्बाई २६ फिट र चौंडाई १४ फिटको टिनको छाना भएको घर, कुखुरा, चल्ला, दाना लगायत जलेको छितापोखरीका वडा सदस्य अमृत गिरीले बताए ।

    आगलागीमा कुखुरा व्यवसायी राईको दुई दिनअघि ल्याइएको २२४ वटा चल्ला, १५० भन्दा बढी कुखुरा, चार बोरा चारो, एक वटा ग्याँस सिलिण्डर, सोलार व्याट्री र प्यानल, कुखुरालाई चारो दिने सामग्री, काठ, दाउरा, सिरक, डसना लगायत जलेर नष्ट भएको छ । उनी दुई वर्षअघिदेखि छितापोखरी बजारमा कुखुरा फर्म सञ्चालन गर्दैआएका थिए ।

    सम्बन्धित समाचार