Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा कोरोना संक्रमण पूष्टी भएका एक वृद्धको मृत्यु

    खोटाङमा कोरोना संक्रमण पूष्टी भएका एक वृद्धको मृत्यु


    • शनिवार, जेठ १ २०७८

    • नेपाल वाइड


    खोटाङमा कोरोना संक्रमण पूष्टी भएका एक वृद्धको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ । जेठ १, खोटाङमा कोभिड–१९ संक्रमण पूष्टी भएका एक वृद्धको मृत्यु भएको छ । शुक्रबार गरिएको एन्टीजेन परीक्षणमा कोभिड–१९ पूष्टी भएका ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ७८ वर्षीय गोपीलाल राजभण्डारीको मृत्यु भएको हो ।

    मिर्गौला, सुगर र प्यारालाइसिसले लामो समयदेखि थलिएका राजभण्डारीको शनिबार बिहान मृत्यु भएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

    ज्वरो आएपछि स्वास्थ्यकर्मीलाई घरैमा पठाएर एन्टीजेन परीक्षण गर्दा उनी सहित परिवारका तीन जनालाई संक्रमण पूष्टी भएको थियो । मृतकको शव नेपाली सेनामार्फत सदगदको तयारी गरिएको छ ।

    शुक्रबार बसेको विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार ऐसेलुखर्ककै पुरानो घाटमा शव दाहसंस्कार गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

    ‘भोली के पर्छ भनेर शनिबार बसेको विपद व्यवस्थापनको बैठकले संक्रमितको मृत्यु भएमा कसरी दाह संस्कार गर्ने, कसरी शव लैजाने, कहाँ दाहसंस्कार गर्ने भन्ने निर्णय गरेका थियौं, सोही अनुसार नेपाली सेनाको सहयोगमा दाह संस्कार हुन्छ,’ अध्यक्ष निरौलाले भने, ‘परिवारलाई दाहसंस्कार गर्न दिन्नौं । शवलाई जेसिभिमा हालेर लगेर दाह संस्कार हुन्छ । त्यसको सवै तयारी भइरहेको छ ।’

    राजभण्डारी जिल्लामै कोभिड–१९ संक्रमण पूष्टि भएकामध्ये ज्यान गुमाउने पहिलो हुन् । जिल्ला बाहिर गरिएको परीक्षणमा कोभिड–१९ को संक्रमण देखिएका र ज्यान गुमाउने व्यक्तिको यकीन तथ्यांक छैन ।

    यद्यपी, संक्रमणका कारण हालसम्म दिक्तेलका एकै परिवारका बाबुछोरा सहित पाँच जनाको मृत्यु भइसकेको छ । संक्रमणका कारण छोराको मृत्यु भएको केही दिनपछि बाबुको मृत्यु भएको थियो । जिल्लामा हाल ११७ सक्रिय संक्रमित छन् । संक्रमितमध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।

    सम्बन्धित समाचार