Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    दुर्घट्ना

    खोटाङमा अटो रिक्सा दुर्घट्नामा परी एक किशोरको मृत्यु

    खोटाङमा अटो रिक्सा दुर्घट्नामा परी एक किशोरको मृत्यु


    • मंगलवार, बैशाख २८ २०७८

    • नेपाल वाइड


    खोटाङमा अटो रिक्सा दुर्घट्नामा परी एक किशोरको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ । बैसाख २८, अटो रिक्सा दुर्घट्नामा परी खोटाङमा एक किशोरको मृत्यु भएको छ । मंगलबार जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको घोर्लेबाट बिरामी बोकेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी जाँदै गरेको लु १ स ०३५० नम्बरको अटो रिक्सा दुर्घटना हुँदा गम्भीर घाईते भएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको हो ।

    थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीले रेफर गरेपछि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा परियारको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक सागर शाहले बताउनुभयो ।

    घोर्लेबाट चिसापानी जानेक्रममा सामुदायीक भवनडाँडाको तारेभीरमा अटो रिक्सा पल्टिँदा गोकुल सहित जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका चालक ३३ वर्षीय जीवन राई, उनकै ७ महिनाको छोरा जर्मन राई, घोर्लेका १६ वार्षीय मनिराम राई र ६३ वर्षीय रत्नबहादुर राई घाईते भएका थिए । अटो दुर्घट्नामा चालक जीवन र गोकुल गम्भीर घाईते बनेका थिए ।

    एम्बूलेन्समा हालेर धरान लैजानेक्रममा गोकुलको चतरामा पुगेपछि मृत्यु भएको हो । अन्य बिरामीलाई अस्पताल पठाएर उनको शवलाई गाउँ फर्काउने तयारी भइरहेको प्रहरी निरिक्षक शाहले बताउनुभयो ।

    घाईतेमध्ये जीवन, जर्मन, गोकुल र रत्नबहादुरलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । अटो रिक्सा सडकको मोडमा व्याक गरी घुमाउनेक्रममा करिब ५/६ सय मिटर तल बिस्टोंपा खोलामा पुगेको स्थानीयले बताएका छन् ।

    घट्ना लगत्तै ईलाका प्रहरी कार्यालय चिसापानी र ईलाका प्रहरी कार्यालय सईको कमाण्डमा खटिएको प्रहरी र स्थानीयबासीले घाईतेको उद्धार गरेका थिए ।

    सम्बन्धित समाचार