Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा २२६ आइसोलेसन बेड तयार

    खोटाङमा २२६ आइसोलेसन बेड तयार


    • सोमवार, बैशाख २७ २०७८

    • नेपाल वाइड


    खोटाङमा २२६ आइसोलेसन बेड तयार
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बनाएको आइसोलेसन सेन्टर । तस्बिर : नेपालवाइड डटकम

    खोटाङ । बैसाख २६, कोभिड–१९ को फैलिँदो संक्रमणलाई मध्यनजर गर्दै खोटाङमा आइसोलेसन सेन्टर बिस्तार गर्नेक्रम तिव्र पारिएको छ । कोभिड–१९ का सक्रिय संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि हाल जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्नै तरिकाले आइसोलेसन सेन्टर निर्माण गरिरहेका छन् ।

    आइतबारसम्ममा २२६ आइसोलेसन बेड तयार भइसकेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । तर अधिकांश आइसोलेसन बेड अक्सिजनबीनाको बनाइएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख १३ गतेको बैठकको निर्णय जिल्लाका विभिन्न स्थानीय तहमा आइसोलेसन सेन्टर बिस्तारको क्रम जारी छ ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लाका १० स्थानीय तहमध्ये नगरपालिकालाई ३० बेडको र गाउँपालिकालाई २० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्न निर्देशन दिएको थियो । कोभिड–१९ को महामारीका लागि जिल्लामा हाल एक थान भेन्टीलेटर, ५९ वटा अक्सिजन सिलिण्डर र ९ वटा अक्सिलन कन्सन्ट्रेसर उपलव्ध छन् ।

    यस्तै, जिल्ला अस्पताल सहित हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकामा अस्थायी कोभिड अस्पताल, ७ वटा एम्बूलेन्सलाई पनि महामारीमा उपयोग गर्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।

    जिल्लामा आइसियू भने उपलव्ध छैन । हालसम्म जिल्लामा ११ हजार ३६० जनालाई कोभिड–१९ बिरुद्धको पहिलो मात्राको खोप र १ हजार ३६३ जनालाई दोश्रो मात्राको खोप लगाइसकिएको कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार