Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको खार्ताम्छामा विद्युट सर्ट हुँदा घर जले

    खोटाङको खार्ताम्छामा विद्युट सर्ट हुँदा घर जले


    • मंगलवार, बैशाख १४ २०७८

    • नेपाल वाइड


    खोटाङको खार्ताम्छामा विद्युट सर्ट हुँदा घर जले
    आगलागीमा जल्दै गरेको भैराज राईको घर । तस्बिर सौजन्य : गुरुराज राई

    खोटाङ । बैसाख १४, विद्युट सर्ट हुँदा खोटाङको केपीलासगढी गाउँपालिका–२ खार्ताम्छामा घर जलेको छ । स्थानीय ताप खोला लघु जलविद्युत आयोजनाको मिटरबक्समा विद्युट सर्ट हुँदा साविकको खाताम्छा–४ का भैराज राईको घर जलेको हो । सोमबार राती भएको आगलागीमा राईको करिब १० लाख बराबरको धनमाल नष्ट भएको खार्ताम्छाका वडाध्यक्ष बलिराज राईले बताए ।

    आगलागीबाट घर जलेपछि राईको तीन बालबच्चा सहित पाँच जनाको परिवार सानो कटेरामा बसिरहेका छन् । ६९ किलोवाट क्षमताको जलविद्युत आयोजनाको विद्युट सर्ट हुँदा राईको घरमा राती १० बजे घरमा आगलागी भएको हो । आगलागीमा घर र घरमा भएका सबै थोक जलेर नष्ट भएको छ ।

     

    सम्बन्धित समाचार