Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दुर्घट्ना

    जिल्ला अस्पताल खोटाङको गाडी दुर्घट्ना : गाडीमै भेटियो मादक पदार्थ

    जिल्ला अस्पताल खोटाङको गाडी दुर्घट्ना : गाडीमै भेटियो मादक पदार्थ

    मापसे गरेका चालकद्धारा ट्राफिक प्रहरीलाई दुव्र्यवहार

    • आइतवार, बैशाख १२ २०७८

    • नेपाल वाइड


    जिल्ला अस्पताल खोटाङको गाडी दुर्घट्ना : गाडीमै भेटियो मादक पदार्थ
    दुर्घट्नामा क्षतीग्रस्त बनेको जिल्ला अस्पतालको गाडी ।

    खोटाङ । बैसाख १२, जिल्ला अस्पताल खोटाङको गाडी दुर्घट्नामा परेको छ । मन्त्रालयको काम विशेषले विराटनगर लगिएको अस्पतालको प्रदेश १–०४००१ झ ००१३ नम्बरको गाडी शनिबार राती सुनसरीको इटहरीस्थित हलगडामा दुर्घटनामा परेको हो । मोटरसाईकललाई ठक्कर दिएपछि गाडी पोलमा ठोक्किएको ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले बताए ।

    गाडीको ठक्करबाट मोटरसाइकलमा सवार इटहरी–४ का वीरबहादुर कार्की र अनुप भण्डारी घाइते भएका छन् । दुर्घट्नामा अस्पतालको गाडीको अगाडिको भाग कुच्चिनुका साथै शिशा फुटेको छ । अस्पतालका सवारी चालक एकराज ढकाल र जिल्ला समन्वय समिति खोटाङका सवारी चालक सन्तोष ढकालले मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।

    जिल्ला समन्वय समितिका सवारी चालक सन्तोषले गाडी चलाइरहेको अवस्थामा दुर्घट्नामा परेको बताइएको छ । दुबै चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सन्तोष भने आइतबार साँझ छुटेका छन् । अर्का चालक एकराज विरुद्ध भने प्रहरीले सवारी ऐन अनुसार मुद्धा दर्ता गरेर कारबाही अघि बढाएको छ ।

    मादक पदार्थ सेवन गरेका चालकले ट्राफिक प्रहरीलाई दुव्र्यवहार गरेको जनाइएको छ । दुर्घट्नामा परेको गाडीबाट प्रहरीले मादक पदार्थ समेत बरामद गरेको छ । कार्यालयको काम विशेषले बिराटनगर लगिएको गाडीलाई रातका समयमा राखेको ठाउँबाट चालकले आफुखुसी हिँडाउँदा दुर्घटना भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बैभव मल्लिकले बताए ।

     

     

    सम्बन्धित समाचार