Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सामुदायीक वनमा भिषण डढेलो, वस्ती जोखिममा

    सामुदायीक वनमा भिषण डढेलो, वस्ती जोखिममा


    • शनिवार, बैशाख ११ २०७८

    • नेपाल वाइड


    सामुदायीक वनमा भिषण डढेलो, वस्ती जोखिममा
    फायल तस्बिर ।

    खोटाङ । बैसाख ११, खोटाङको जन्तेढुंगा गाउँपालिकाका एक सामुदायीक वनमा भिषण वनमा भिषण डढेलो लागेको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित डम्बर्खुशिवालय सामुदायिक वनमा भिषण डढेलो लागेको हो । शुक्रबार दिउँसो कुभिन्डे गिद्धेडाँडाबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको डम्बर्खुशिवालय सामुदायिक बनका अध्यक्ष नृपबहादुर चम्लागाँईले बताउनुभयो ।

    १६५ हेक्टरमा फैलिएको सामुदायिक बनको करिब २ हेक्टर क्षेत्र डढेलोले बिनास गरिसकेको छ । जंगल ठूलो क्षेत्रमा फैलिएको र बाक्लो भएका कारण डढेलो नियन्त्रण बाहिर गरएको हो । भिषण डढेलो क्रमशः हाँडीखोला बस्ती आसपास पुगेको छ । डढेलोका कारण जंगल नजिक रहेका ४० घर जोखिममा परेको स्थानीय नेता याम राईले जानकारी दिनु भयो ।

    डढेलोका कारण हाँडीखोलाका १० घर उच्च जोखिममा परेका छन् । यस्तै, कुभिण्डे, कात्तिके, तिल्के, सल्लेरी र सार्कीडाँडा वस्तीमा रहेका ३० भन्दा बढी घर पनि जोखिममा रहेको बताइएको छ । डढेलो नियन्त्रणका लागि प्रहरीलाई खबर गरिसकिएको सामुदायिक बनका अध्यक्ष चम्लागाँईले बताउनुभयो ।

    डढेलोले पशुपन्छीको बासस्थानका साथै स–साना बोट बिरुवा नास गरेको छ । सामुदायीक वनमा डढेलो लाग्नुको कारण खुल्न सकेको छैन । सल्ला, साल, चिलाउने, उत्तिसलगायतका बोट बिरुवा रहेको जंगलमा २०७४ साल चैत दोश्रो साता पनि भिषण डढेलो लागेको थियो ।

    सम्बन्धित समाचार