Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेबिसंघ नेता भुजेलले दिए विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री

    नेबिसंघ नेता भुजेलले दिए विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री


    • सोमवार, बैशाख ६ २०७८

    • नेपाल वाइड


    नेबिसंघ नेता भुजेलले दिए विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री
    खेल सामग्री तथा शैक्षिक सामग्री प्रदान गर्दै नेपाल विद्यार्थी संघका सह–सचिव किसन भुजेल लगायत ।

    खोटाङ । बैसाख ६, नेपाल विद्यार्थी संघ खोटाङका सह–सचिव किसन भुजेलले आफुले अध्ययन गरेको विद्यालयलाई खेलकुद तथा छात्र/छात्रालाई शैक्षिक सामग्री प्रदान गरेका छन् । नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवशर पारेर सह–सचिव भुजेलले आफ्नो जन्मथलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पञ्चकन्य माबिलाई भलिबल, जाली तथा छात्र/छात्रालाई शैक्षिक सामग्री प्रदान गरेका हुन् ।

    सह–सचिव भुजेलले सोमबार विद्यालयलाई चार थान भलिबल, एक थान जाली तथा जेहेन्दार, लगनशील, जनजाती, दलित, गरिब र महिला गरी १८ जना छात्र/छात्रालाई कापी कलम प्रदान गरेका हुन् । कांग्रेस क्षेत्रीय सदस्य नेता चुडामणी चाम्लिङको प्रमुख आतिथ्यतामा विद्यालयका प्रअ मनकाजी राईलाई खेल सामग्री तथा छात्र/छात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको सह–सचिव भुजेलले बताए ।

     

    सम्बन्धित समाचार