Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेलामा पेपरलेस अभियान

    साकेलामा पेपरलेस अभियान


    • सोमवार, बैशाख ६ २०७८

    • नेपाल वाइड


    साकेलामा पेपरलेस अभियान
    साकेला गाउँपालिका

    खोटाङ । बैसाख ६, खोटाङको साकेला गाउँपालिकाले अनलाईनमार्फत व्यक्तिगत घट्ना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धी काम सुरु गरेको छ । केही समयअघि देखि साकेला गाउँपालिका–२ रतन्छाबाट अनलाईनमार्फत व्यक्तिगत घट्ना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धी अभ्यास सुरु गरेको गाउँपालिकाले गत बैसाख १ गतेदेखि बाँकी रहेका चार वडामा अनलाईनमार्फत व्यक्तिगत घट्ना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धी काम सुरु गरेको हो ।

    ५ वडा रहेको गाउँपालिकामा नयाँ वर्षको अवशर पारेर अनलाइनमार्फत व्यक्तीगत घट्ना दर्ता (जन्म दर्ता, मृत्यु दर्ता, बसाई, सम्वन्ध बिच्छेद लगायत) तथा सामाजिक सुरक्षाभत्ता वितरण सम्वन्धीका काम सुरु गरिएको पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताए ।

    यस अघिसम्म हस्तलिखित व्यक्तीगत घट्ना दर्ता र सामाजिक सुरक्षाभत्ता वितरण सम्वन्धी रेकर्ड कागजको ढड्डामा राख्ने गरिएकामा पञ्जिकरण बिभागको केन्द्रिय सर्भर अनुसार सिस्टमबाट दर्ता सुरु गरिएको हो ।

    गत चैत २३ गतेदेखि २९ गतेसम्म पाँच वटै वडाका वडासचिव र कर्मचारीलाई सूचना व्यवस्थापन प्रणाली (एमआइएस)को सिस्टम सफ्टवेर तालिम दिएर अनलाइनबाट व्यक्तिगत घट्ना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धी दर्ता थालिएको हो ।

    पेपरलेस अभियानलाई प्रभावकारी बनाउन आगामी दिनमा वडाको हस्तलिखित जुनसुकै सिफारिसलाई मान्यता नदिइने पञ्जिकरण शाखा प्रमुख राईले बताए । यस्तै, वडा कार्यालयबाट हुलाकमार्फत आदान–प्रदान हुने पत्र अनिवार्य इमेलमार्फत पठाउने र प्राप्त गर्ने अभ्यास सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार