Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागीमा २० वटा पशुचौपाय मरे

    आगलागीमा २० वटा पशुचौपाय मरे


    • मंगलवार, चैत्र ३१ २०७७

    • नेपाल वाइड


    आगलागीमा २० वटा पशुचौपाय मरे
    फायल तस्बिर

    खोटाङ । चैत ३१, आगलागी हुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा ज्यामिरेका कुलमान चौहानको २० वटा भेडाबाख्रा मरेको छ । मंगलबार राती सवा २ बजे भएको आगलागीमा चौहानको १८ वटा बाख्रा र दुई वटा भेडा जलेर मरेको हो । यस्तै, ११ वटा कुखुरा जलेको निर्मलीडाँडाका वडाध्यक्ष हर्कराज राईले बताए ।

    आगलागीमा एउटा व्याउने सहित दुई वटा लैनो भैंसी, दुई वटा पाडा, चार वटा भेडाबाख्रा डढेर गम्भीर घाईते भएका छन् । जलेको अवस्थामा उद्धार गरिएका चौपाय मध्ये बाँच्ने अवस्थामा नभएकाले दुई वटा पाडा काटिएको वडाध्यक्ष राईले बताए ।

    यस्तै, घाईते अवस्थामा उद्धार गरिएका चारवटा बाख्रामध्ये एउटा खसी र एउटा भेडा काटिएको छ । पशुचौपाय, भूकम्प प्राधिकरणको अनुदानमा बनाइएको घर, घरमा भएका जिन्सी, भण्डारण गरिएको एक मुरी आलु लगायत जल्दा अन्दाजी १२ लाख ५७ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । एकान्त ठाउँमा भएको घरमा आगलागीको कारण खुलेको छैन ।

    सम्बन्धित समाचार