Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    फर्निचर उद्योगमा आगलागी, ५० लाखभन्दा बढिको क्षती

    फर्निचर उद्योगमा आगलागी, ५० लाखभन्दा बढिको क्षती


    • मंगलवार, चैत्र ३१ २०७७

    • नेपाल वाइड


    फर्निचर उद्योगमा आगलागी, ५० लाखभन्दा बढिको क्षती
    गणेश फर्निचर उद्योगमा लागेको आगो निभाउँदै सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्थानीय लगायत । तस्बिर : नेपालवाइड डटकम

    खोटाङ । चैत ३१, खोटाङको दिक्तेलबजारमा सञ्चालित गणेश फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षती भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित हर्कराज राईको फर्निचर उद्योगमा मंगलबार बिहान आगलागी हुँदा ५० लाख ८६ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

    fire got ganesh furniture (chaita-31-2077) photo_daman4.jpg
    गणेश फर्निचर उद्योगमा लागेको आगो निभाउँदै सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्थानीय लगायत । तस्बिर : नेपालवाइड डटकम

    आगलागीमा टिनको छाना हालिएको काठले बारेको एक तले उद्योग घर, उद्योगमा भएका उपकरण, तयारी अवस्थाका फर्निचर, कच्चा काठ लगायत जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीमा ४ थान कटर मेसिन, एक थान जेनेरेटर, खराट मेसिन, २५ थान हाते मेसिन, १० लाख बराबरको तयारी अवस्थाका फर्निचर, फर्निचरका सामान बनाउन राखिएको ३७ लाख ५० हजार बराबरको काठ, १२ वटा कुखुरा लगायत जलेर नष्ट भएको छ ।

    fire got ganesh furniture (chaita-31-2077) photo_daman1.jpg

    गणेश फर्निचर उद्योगमा लागेको आगो निभाउँदै सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्थानीय लगायत । तस्बिर : नेपालवाइड डटकम

    स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, रेडक्रसकर्मी लगायतले बिहान ५.३० बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सट हुँदा वा उद्योगमा बालिएको आगोबाट आगलागी भएको अनुमान गरिएको छ । उद्योगमा आगलागी भएको बारेमा बिहान ४.३५ बजे जानकारी आएको डिएसपी चिमरियाले बताए ।

    fire got ganesh furniture (chaita-31-2077) photo_daman2.jpg

    गणेश फर्निचर उद्योगमा लागेको आगो निभाउँदै सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्थानीय लगायत । तस्बिर : नेपालवाइड डटकम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल बिहान ५ बजे घट्नास्थल आइपुगेको थियो । बेलामा दमकल नआएको भन्दै स्थानीयले चालकमाथि आक्रोश पोखेका थिए । घट्नास्थलमा दमकल ल्याइए पनि आगोमा पानी फाल्न जान्ने सीपयुक्त जनशक्तीको अभाव खड्किएको थियो ।

    fire got ganesh furniture (chaita-31-2077) photo_daman3.jpg

    गणेश फर्निचर उद्योगमा लागेको आगो निभाउँदै सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्थानीय लगायत । तस्बिर : नेपालवाइड डटकम

    दमकलबाट पानीको फोहरा फाल्न नमिलेपछि पाईपबाट पानी तानेर आगो निभाइएको थियो । दिक्तेलबजारमा भएका अधिकांश आगलागीका घट्नामा दमकलको प्रयोग प्रभावकारी नदेखिएको स्थानीयको गुनासो छ ।

    सम्बन्धित समाचार