शुक्रवार, मंसिर ५ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर ५, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अतिविपन्न, लकडाउनकाबेला सुत्केरी भएका तथा बाढीपहिरो पिडितलाई खाद्यान्न वितरण सुरु गरेको छ । स्वीस विकास सहयोग नियोग (एसडिसि)को आर्थिक सहयोग एबं नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास)सँगको साझेदारीमा गाउँपालिकाले अतिविपन्न, लकडाउनकाबेला सुत्केरी भएका तथा बाढीपहिरो पिडितलाई चामल, दाल, नुन, तेल वितरण सुरु गरेको हो ।
४ सय परिवारलाई राहत वितरण गर्ने कार्यक्रम तय गरेको गाउँपालिकाले शुक्रबार चार वडाका १२० जना अति विपन्न तथा १२० जना सुत्केरी महिलागरी २४० जनालाई खाद्यान्न वितरण गरेको छ । ७ वडामध्ये दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ३० जना अतिविपन्न र ३६ जना सुत्केरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका ३० जना अतिविपन्न र २८ जना सुत्केरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका ३० जना अतिविपन्न र २४ जना सुत्केरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स.छितापोखरीका ३० जना अतिविपन्न र ३२ जान सुत्केरीलाई खाद्यान्न वितरण गरिएको छ ।
उनीहरुलाई गाउँपालिका अध्यक्ष भूपेन्द्र राई एबं सम्वन्धित वडाका जनप्रतिनिधिले जनही २५ केजी चामल, २ केजी दाल, १ लिटर सनफ्लावर तेल, १ केजी नुन र १ वटा सावुन हस्तान्तरण गरेका छन् । शनिबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका अतिविपन्न, लकडाउनकाबेला सुत्केरी भएका तथा बाढीपहिरो पिडितलाई खाद्यान्न वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
अतिविपन्न, लकडाउनकाबेला सुत्केरी भएका तथा बाढीपहिरो पिडितलाई २५ केजीको ४ सय बोरा मन्सुली चामल, ८ सय केजी मुसुरी दाल, १ लिटरको ४ सय पोका सनफ्लावर तेल, १ केजीको ४ सय केजी आयोडिन नुन र ४ सय वटा डिटोल सावुन वितरण गरिने गाउँपालिका अध्यक्ष राईले बताए । खाद्य सामग्री खरिदका लागि गाउँपालिकाले आपुर्तीकर्ता जेके इन्टरप्राइजेजसँग सम्झौता गरेको थियो ।