Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    हलेसी तुवाचुङ : मंगलटारमा एकीकृत सेवा केन्द्र सुरु

    हलेसी तुवाचुङ : मंगलटारमा एकीकृत सेवा केन्द्र सुरु


    • बुधवार, आश्विन २१ २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङ : मंगलटारमा एकीकृत सेवा केन्द्र सुरु

                मंगलटारमा एकीकृत सेवा केन्द्र उद्घाटन गर्दै मेयर इवन राई र उपमेयर बिमला राई 
         खोटाङ । असोज २१, नागरिकलाई आफ्नै गाउँ–ठाउँमा पुगेर सेवा सुविधा उपलव्ध गराउने लक्ष्यका साथ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एकीकृत सेवा केन्द्र सुरु गरेको छ । नागरिकलाई ‘गाउँ–गाउँमा सिंहदबार’ भन्ने नाराको अनुभुत गराउने लक्ष्यकासाथ हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

          वडा कार्यालयबाट प्रवाह हुने सबै किसिमका सेवा सुविधा जनताको घरदैलोसम्म पुर्‍याउने लक्ष्यका साथ मंगलटारको दुरदराजमा एकीकृत सेवा केन्द्र स्थापना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

    Halesi Mangaltar.jpg

          साविकको मंगलटार–४ र ५ का १३० घर परिवारलाई लक्ष्यीत गर्दै नगरपालिकाले ‘जनताको घर स्थानीय सरकार’ भन्ने नारा सहित भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालन सुरु गरेको हो । नगरपालिका र वडा कार्यालय मंगलटारको ४ लाख ५० हजारमा निर्माण गरिएको दुई कोठे एकीकृत सेवा केन्द्र बुधबार मेयर राई र उपमेयर बिमला राईले उद्घाटन गरेका छन् ।

         एकीकृत सेवा केन्द्रबाट गाउँघर क्लिनिक, खोप लगायतका स्वास्थ्य सेवा समेत उपलव्ध गराइने छ । केन्द्रबाट नागरिकका गुनासो, मुद्धा वा माग पनि संकलन गरिने मेयर राईले बताए ।

         एकीकृत सेवा केन्द्र सञ्चालनका लागि मंगलटारकै साविकको ८ र ९ का सर्वसाधारणलाई लक्ष्यीत गर्दै घुर्चुमा पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मंगलटारमा गरिएको सेवा केन्द्रको अभ्यास प्रभावकारी देखिए हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा पनि विस्तार गर्ने लक्ष्य राखिएको मेयर राईले बताए ।

    Akikrit.jpg

    सम्बन्धित समाचार