Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    विपन्‍न छात्रालाई साइकल वितरण

    विपन्‍न छात्रालाई साइकल वितरण


    • मंगलवार, आश्विन २० २०७७

    • नेपाल वाइड


    विपन्‍न छात्रालाई साइकल वितरण

           चितवन । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका ५ वटा वडाका १७ विद्यालयका १३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ ।जोखिममा परेका ‘महिलासँग मेयर कार्यक्रम ’ अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक पहुँच  लागि विपन्‍न छात्रालाई मंगलबार साइकल हस्तान्तरण गरिएको हो । महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल हस्तान्तरण गरिएको महानगरले जानकारी दिएको छ । 

           कोभिड-१९का कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । भरतपुर महानगरपालिका वडा नम्बर २२ को आधारभुत विद्यालयमा आयोजित कार्यक्रम साइकल वितरण गरिएको हो । प्रमुख दाहालले ५ वटा वडाका १७ वटा विद्यालयका १३५ जना विपन्‍न परिवारका छात्राहरुलाई साइकल वितरण गरेकी हुन् ।

          पहिलो चरणमा प्रति वडा २७ वटा साइकलका दरले महानगरका १३, १४, २२, २३, २४ नम्बर वडाका विद्यार्थीलाई साइकल वितरण गरिएको उनले जानकारी दिइन् । महानगरले १२ वटा वडाका कुल ३३० जना छात्रालाई साइकल वितरण गर्ने योजना रहेको जनाएको छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन् । 

         

    सम्बन्धित समाचार