Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    अग्रिम रुपमा महसुल भुक्तानी गरे २५ प्रतिशत छुट दिदै विद्युत प्राधिकरण

    अग्रिम रुपमा महसुल भुक्तानी गरे २५ प्रतिशत छुट दिदै विद्युत प्राधिकरण


    • शुक्रवार, आश्विन १६ २०७७

    • नेपाल वाइड


    अग्रिम रुपमा महसुल भुक्तानी गरे २५ प्रतिशत छुट दिदै विद्युत प्राधिकरण

           काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ । प्राधिकरणले एक सार्वजनिक सूचनामार्फत जरिवानाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ । केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिएका थिए ।

          सोही निर्देशन अनुसार नै प्राधिकरणले सूचनामार्फत अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको हो । प्राधिकरणले जारी गरेको सूचनाअनुसार मिटर रिडर मिटर पढन नआएमा वा विल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी विल लिनु ग्राहकको कर्तव्य भएको जनाएको छ ।

         नियमानुसार ग्राहकले मिटर रिडिङ हुने दिन समेत गरि ७ दिन भित्र विल भुक्तानी गर्दा विल रकममा २५ छुट पाइँदै आएको स्मरण गरेको छ । यस्तै ८ औं दिनदेखि १५औं दिनसम्म बुझाएमा विल रकम मात्र बुझाए हुने व्यवस्था छ ।

         निमायनुसार १६ औं दिनदेखि ३० औं दिनसम्म बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्दछ । ३१ औं दिनदेखि ४० औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४१औं दिनपछि भने २५ प्रतिशत थप दस्तुर लाग्छ । ६०औं दिन भित्र पनि महशुल भुक्तानी नभएका जुनसुकै समयमा विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको छ ।

           प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ “ विगतका महिनाको औषत विल अनुमान गरी कति महिनासम्मको विल भुक्तानी गर्न सकिन्छ सो वरावरको रकम अनुमान गरी अग्रिम वुझाएमा पछि विद्युत् महशुल अनुसारको विल हिसाव मिलान गर्दा २५ छुट पाइने छ ।”

    सम्बन्धित समाचार