Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटेहाङमा ज्येष्ठ नागरिक सम्मानित

    खोटेहाङमा ज्येष्ठ नागरिक सम्मानित


    • बिहिवार, आश्विन १५ २०७७

    • नेपाल वाइड


    खोटेहाङमा ज्येष्ठ नागरिक सम्मानित

             खोटेहाङमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै गाँउपालिका अध्यक्ष प्रदिप राई, उपाध्यक्ष कविता राई लगायत ।

           खोटाङ । असोज १५, खोटाङको खोटेहाङ गाउँपालिकाले गाउँपालिभरीका सबैभन्दा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवशरमा खोटेहाङ गाउँपालिका–७ खोटाङबजार धनमुढाकी १०१ वर्षकी हिमादेबी अधिकारी भट्टराईलाई सम्मान गरेको हो । गाउँपालिकाभरीकै सबैभन्दा ज्येष्ठ नागरिक हिमादेबीलाई दोसल्ला ओढाएर नगद ५ हजार, एक थान साडीचोलो, हर्लेक्स, फ्रुटी र सम्मान–पत्र प्रदान गरिएको छ । धनमुढाकी हिमादेबी गाउँपालिकाभरीकै ज्येष्ठ नागरिक भएकाले गाउँपालिकाले बिहिबार उनकै टोलमा पुगेर ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको हो ।

               कार्यक्रममा हिमादेबीसहित धनमुढाका ३० जना ज्येष्ठ जागरिकलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । टोलका अन्य ज्येष्ठ नागरिकलाई भने हर्लेक्स, फ्रुटी, मोफलर सहित प्रमाण–पत्र प्रदान गरिएको छ । ज्येष्ठ नागरिकलाई गाउँपालिकाका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई, वडाध्यक्ष शिव फुयाँल लगायतले सम्मान गरेका थिए । ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    Jestanagaik Samman Khotehang 2.jpg

    खोटेहाङमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै गाँउपालिका अध्यक्ष प्रदिप राई, उपाध्यक्ष कविता राई लगायत ।

         

    सम्बन्धित समाचार