Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    १०३ वर्षीय ज्येष्ठ नागरिक छबिलाललाई नगरको सम्मान

    १०३ वर्षीय ज्येष्ठ नागरिक छबिलाललाई नगरको सम्मान


    • बिहिवार, आश्विन १५ २०७७

    • नेपाल वाइड


    १०३ वर्षीय ज्येष्ठ नागरिक छबिलाललाई नगरको सम्मान

    बुईपाका १०३ वर्षीय छबिलाल नेपालीलाई सम्मान गर्दै मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई लगायत ।

          खोटाङ । असोज १५, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाकै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका १०३ वर्षीय छबिलाल नेपालीलाई सम्मान गरेको हो ।

           नगरपालिकाभरीकै ज्येष्ठ नागरिकका रुपमा नेपालीलाई सुस्वास्थ्य एबं दिर्घायूको कामना गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, वडाध्यक्ष दिनेश राई लगायतले दोसल्ला ओढाएर २० हजार नगद र सम्मान–पत्र प्रदान गरेका छन् । नेपालीलाई सम्मान गर्नका लागि मेयर रिजालको टोली दम्कु पुगेको थियो ।

           उनलाई केही समयअघि वडा कार्यालय बुईपाले पनि खादा ओढाएर सम्मान गरेको थियो । सय वर्ष नाघेका छबिलाललाई सामाजिक सुरक्षा भत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडाध्यक्ष राईले बताए । बिक्रम संबत १९७५ साल बैसाख १५ गते जन्मिएका छबिलाल शारीरिकरुपमा अझै पनि सक्रिया छन् । कान कम सुने पनि उनी अझै स्पष्ट बोल्न र देख्न सक्छन् । ‘उहाँ यो उमेरमा पनि क्रियासिल हुनुहुन्छ । खास रोग पनि देखिएको छैन,’ वडाध्यक्ष राईले भने, ‘नृत्यकर्म आफै गर्नुहुन्छ । हिँडडुल देखि घरका सामान्य काममा सरसघाउ समेत गर्नुहुन्छ ।’ छबिलालका ४ छोरा र २ छोरी छन् ।

     

    सम्बन्धित समाचार