Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बराहपोखरी गाउँपालिकाद्धारा सिकाई सहजीकरणका लागि रुटिन तयार

    बराहपोखरी गाउँपालिकाद्धारा सिकाई सहजीकरणका लागि रुटिन तयार


    • बुधवार, आश्विन १४ २०७७

    • नेपाल वाइड


    बराहपोखरी गाउँपालिकाद्धारा सिकाई सहजीकरणका लागि रुटिन तयार

            खोटाङ । असोज १४, खोटाङको बराहपोखरी गाउँपालिकाले सिकाई सहजीकरणका लागि रुटिन तयार पारेको छ । कोभिड–१९ का कारण अवरुद्ध पठन–पाठनलाई अघि बढाउने विकल्प खोज्नेक्रममा गाउँपालिकाले सिकाई सहजीकरणको रुटिन तयार पारेको हो । गाउँपालिकाले बालबिकास तहदेखि कक्षा ५ सम्म पढाई हुँदै आएको विद्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सिकाई सहजीकरण गर्ने निर्णय गरेको छ ।

          यस्तै, बालविकासदेखि कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्मको कक्षा बिहान १० बजेदेखि साँढे १२ बजेसम्म र कक्षा ६ देखि ८ सम्मको कक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सिकाई सहजीकरणको व्यवस्था मिलाउन भनिएको छ । बालबिकासदेखि कक्षा १२ सम्मको पठन–पाठन हुँदै आएको विद्यालयका बालबिकासदेखि कक्षा ७ को छात्र/छात्राका लागि बिहान १० बजेदेखि साँढे १२ बजेसम्म र कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म सिकाई सहजीकरण गर्नका लागि विद्यालयलाई निर्देशन दिइएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

    teaching routine at barahapokhari photo_khotang.jpg

    सिकाई सहजीकरणका लागि बराहपोखरी गाउँपालिकाले जारी गरेको सूचना ।

          ६ वडा रहेको गाउँपालिकामा आगामी असोज १८ गतेदेखि सिकाई सहजीकरण सुरु गर्ने तयारी गरिएको छ । सिकाई सहजीकरणकाक्रममा एक पटकमा २० जनाभन्दा बढि विद्यार्थी सहभागी नगराउन विद्यालयलाई मंगलबार पठाइएको पत्रमार निर्देशन दिइएको छ ।

         कोरोना संक्रमणको त्रासका कारण एकै पटकमा धेरै विद्यार्थीको भीडभाड गर्ने अवस्था नभएकाले गाउँपालिकाले छुट्टाछुट्टै रुटिन बनाएर सिकाई सहजीकरण गर्ने निर्णय गरेको हो । गाउँपालिकाको असोज १२ गतेको बैठकले सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ३ को उपदफा २ (क) अनुशार सामाजिक दुरी कायम राखेर सिकाई सहजीकरण गर्ने/गराउने निर्णय गरेको थियो । गाउँपालिकाले प्रत्येक विद्यालयका शिक्षकको कार्यायोजना बनाएर शिक्षा शाखामा उपलव्ध गराउन, असोज २० गतेभित्र विद्यालय सुधार योजना बनाएर पेश गर्न निर्देशन दिएको छ ।

    सम्बन्धित समाचार