Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङको केपीलासगढीमा अवरुद्ध सडक मर्मत सुरु

    खोटाङको केपीलासगढीमा अवरुद्ध सडक मर्मत सुरु


    • सोमवार, आश्विन १२ २०७७

    • नेपाल वाइड


    खोटाङको केपीलासगढीमा अवरुद्ध सडक मर्मत सुरु

            केपीलासगढी गाउँपालिकाको सप्तेश्वरमा पहिरोले भत्किएको सडक ।

            खोटाङ । असोज १३, खोटाङको केपीलासगढी गाउँपालिकाले वर्षाका कारण अवरुद्ध सडक मर्मत सुरु गरेको छ । दशैं तिहारलाई लक्ष्यीत गर्दै गाउँपालिकाले वर्षाका कारण गएको पहिरोका कारण अवरुद्ध बनेका सडक मर्मत सुरु गरेको हो । गत असोज ८ गतेदेखि जालपा–कादेल–बाक्सिला, जालपा–फेदी–बाक्सिला, बाक्सिला–सुंदेल लगायतका गाउँपालिकाभित्रका मूख्य–मुख्य सडक मर्मत सुरु गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।

          हाल गाउँपालिकाको जेसिभी र व्यवसायीको स्काभेटर प्रयोग गरेर सडकमा थुप्रिएको पहिरो पन्छाउने र खाल्डाखुल्डी सम्याउने काम भइरहेको छ । अवरुद्ध सडक मर्मत गर्न अझै हप्ता दिन लाग्ने गाउँपालिकाले जनाएको छ ।
    वर्षाका कारण सप्तेश्वरको थर्पुडाँडा, दारेगौंडा र तापखोलामा ठूलो पहिरो गएको छ । यस्तै, बाक्सिलाबाट सुंदेल जाने सडकको पिपलडाँडामा पहिरो गएको गाउँपालिका अध्यक्ष राईले बताए । सडक मर्मत भएपछि उपभोग्य सामग्री ढुवानीका साथै यात्रा गर्न सहज हुने गाउँपालिकाले जनाएको छ ।

          वर्षाका कारण हाल जिल्लाका १० वटै स्थानीय तहमा बनेका अधिकांश कच्ची सडक अवरुद्ध बनेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि ट्याक्टर व्यवसायीसँगको सहकार्यमा सडक मर्मत गरिरहेको छ । गाउँपालिकाभित्रका २१ जना ट्याक्टर व्यवसायीले सडकको खाल्डाखुल्डीमा थुपार्ने रोडा ओसार्नका लागि ३÷३ दिन निःशुल्क ट्याक्टर उलपव्ध गराएका छन् ।


    सम्बन्धित समाचार