Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    इटहरीमा सुत्केरी गाईभैसीलाई भत्ता

    इटहरीमा सुत्केरी गाईभैसीलाई भत्ता


    • बिहिवार, आश्विन ८ २०७७

    • नेपाल वाइड


    इटहरीमा सुत्केरी गाईभैसीलाई भत्ता

              सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले सुत्केरी गाईभैसीलाई भत्ताको व्यवस्था गरेको छ । विपन्न कृषकहरुले पालेका गाईभैसीलाई सुत्केरी अवस्थामा पोषक खानेकुरा र भिटामिन दिएर दुघको उत्पादन वृद्धि गर्नका लागि भत्ता दिन थालिएको उपमेयर लक्ष्मी गौतमले वताइन् ।

            पशुविमा गरेका कृषकहरुलाई गाईभैसी सुत्केरी भएपछि २५ सयका दरले भत्ता दिने गरिएको नगरपालिकाले जनाएको छ । गत आर्थक वर्षमा ३० वटा गाईभैसीलाई सुत्केरी भत्ता दिईएको इटहरी उपमहानगर पशुपंक्षी शाखा प्रमुख दुर्गालाल श्रेष्ठ बताए ।

    शाखा प्रमुख श्रेष्ठका अनुशार चालु आर्थिक वर्षमा सय वटा सुत्केरी गाईवस्तुका लागि भत्ता दिने वजेट विनियोजन गरिएको जानकारी दिए ।

    सम्बन्धित समाचार