Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सामाजिक सुरक्षाभत्ता दुरुपयोगबाट बचाउने गाउँपालिकाकाे यस्तो जुक्ती !

    सामाजिक सुरक्षाभत्ता दुरुपयोगबाट बचाउने गाउँपालिकाकाे यस्तो जुक्ती !


    • मंगलवार, आश्विन ६ २०७७

    • नेपाल वाइड


    सामाजिक सुरक्षाभत्ता दुरुपयोगबाट बचाउने गाउँपालिकाकाे यस्तो जुक्ती !
    साकेला गाउँपालिका खोटाङ ।

              खोटाङ । असोज ६, खोटाङको साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्तामा भइरहेका अनियमितता रोक्नका लागि अभियान थालेको छ । वडा–वडामा मृत्यु भइसकेका, बसाई सरिसकेका वा अन्य व्यक्तीको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले सो अनियमितता रोक्न अभियान थालेको हो ।

           नक्कली कागजात खडा गरेर सामाजिक सुरक्षा भत्तामा भइरहेको अनियमितता रोक्नका लागि कडाईका साथ अभियान थालिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झंकार)ले बताए । मृत्यु भइसकेका व्यक्तीको नाममा, एउटै व्यक्तीको नाम दोहोराएर, एउटै नागरिकता नम्बर देखाएर, एउटै जन्म मिती उल्लेख गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग भइरहेको पाइएको गाउँपालिकाले जनाएको छ ।

           सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले पाँच वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने १ हजर २१४ व्यक्तीको नामावली सार्वजनिक गरेको छ । ‘नक्कली व्यक्ती’को नाममा पनि सामाजिक सुरक्षाभत्ता भुक्तानी हुँदैआएको पाइएपछि दावी बिरोधका लागि असोज ५ गते नामावली सहित १५ दिने सूचना जारी गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताए ।

            दावी बिरोधका लागि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३५५ जना, साकेला गाउँपालिका–२ रतन्छाका २९८ जना, साकेला गाउँपालिका–३ खिदिमाका १२७ जना, साकेला गाउँपालिका–४ मात्तिमका २५९ जना र साकेला गाउँपालिका–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको छ ।

    साकेला गाउँपालिका २.jpg

    गाँउपालिकाले सार्वजनिक गरेको सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तीहरुको नामावली

            प्रथम चौमासिकको सामाजिक सुरक्षाभत्ता वितरण गर्नु अगाडि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तीको नामावलीलाई निक्र्यौल गर्न दावी बिरोधका लागि सार्वजनिक गरेको हो । प्रथम चौमासिकमा (साउन–कात्तिकका लागि) कुल १ करोड १९ लाख ३६ हजार सामाजिक सुरक्षा भत्ता निकासा भएको छ । ‘सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ती सही हो वा होईन । मरिसकेका छन् वा बसाइ सरिसकेका छन् ? हुँदै नभएको मान्छेको नाम पो छन् की भन्ने निक्र्यौलका लागि नामावली सार्वजनिक गरिएको हो,’ पञ्जिकरण शाखा प्रमुख राईले भने, ‘नक्कली कागजात बनाएर राज्यको पैसा मास्न पाइन्न । सही मान्छेले मात्र सामाजिक सुरक्षा भत्ता पाउने वातावरण बनाउन अभियान थालिएको हो ।’

             अघिल्लो चौमासिकमा गाउँपालिकामा १ करोड ६५ लाख सामाजिक सुरक्षा भत्ता वितरण भएकामा ‘नक्कली व्यक्ती’को नाम कटाउन थालेपछि यो चौमासिकमा सामाजिक सुरक्षा भत्ताको मात्रा १ करोड १९ लाख ३६ हजारमा झरेको हो । दावी बिरोधपछि सामाजिक सुरक्षा भत्ता पाउने वास्तविक व्यक्तीको निक्र्यौल हुने र सामाजिक सुरक्षा भत्ताको मात्रा थप घट्ने गाउँपालिकाले जनाएको छ ।

            सामाजिक सुरक्षा भत्ता वितरणमा ‘फल्ट’ देखिएपछि लगत कटाउँदा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ४४ लाख वितरण हुने गरेकामा ३६ लाख ५७ हजारमा झारिएको, साकेला गाउँपालिका–४ मात्तिममा ४२ लाख वितरण हुने गरेकामा हाल २१ लाख २० हजारमा झारिएको, साकेला गाउँपालिका–५ मात्तिममा ३७ लाख वितरण हुने गरेकामा हाल १९ लाखमा झारिएको पञ्जिकरण शाखा प्रमुख राईले बताए । अन्य वडाको तुलनामा रतन्छा र खिदिमामा मात्र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तीको नामावली ‘क्लियर’ देखिएको छ ।
    ‘भोट बिग्रिने’ भन्दै जिल्लाका अन्य स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउन अग्रसरता देखाउन सकेका छैनन् । ‘भोट घट्ने’ सुझाव पाउँदा–पाउँदै पनि साकेला गाउँपालिका अध्यक्ष खड्का सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन अघि सरेका हुन् ।
    साकेला गाउँपालिका.jpg

    गाँउपालिकाले सार्वजनिक गरेको सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तीहरुको नामावली

    सम्बन्धित समाचार