Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराइयो

    बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराइयो


    • शनिवार, आश्विन ३ २०७७

    • नेपाल वाइड


    बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराइयो

            संविधान दिवसको अवसरमा संयूक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।

            अग्लो भवन बुर्ज खलिफामा नेपाली समय अनुसार रातिको ९ बजेर ४५ मिनेटमा नेपाली झण्डा फहराइएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

             दूतावासको अनुरोधमा अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा सो भवनमा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो । सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको बुर्ज खलिफा भवनको उचाई ८२९ दशमलव ८ मिटर छ । 

    सम्बन्धित समाचार