Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दाङमा सिँचाइको लागि दुई दर्जन  कृत्रिम तालहरु निर्माण

    दाङमा सिँचाइको लागि दुई दर्जन  कृत्रिम तालहरु निर्माण


    • मंगलवार, भाद्र ३० २०७७

    • नेपाल वाइड


    दाङमा सिँचाइको लागि दुई दर्जन  कृत्रिम तालहरु निर्माण

             दाङको घोराही उपमहानगरपालिकाले सिँचाइको लागि उपमहानगरमा दुई दर्जन  कृत्रिम तालहरु निर्माण गरेको छ । तालमा जम्मा भएको पानीले स्थानीयहरुलाई सिँचाइका लागि सहज भएको बताएका छन । उक्त तालहरुमा माछापालन पनि गरिएको छ । १ र २ मा प्रदेश ५ सरकार र  उपमहानगरको लगानीमा निर्माण भएर्को चेपे ताल सिँचाइ, माछापालनको लागि मात्र नभइ आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । दुई  वर्ष पहिले स्थानीय सिँचाइको लागि चेपे सोतामा ड्याम बाँधेर ताल बनाएको थियो ।

           पछि प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहकार्यमा निर्माण सुरु गरिएको चेपे तालमा अहिलेसम्म दुई करोडभन्दा बढी खर्च भएको उपमहानगरले जनाएको छ । हिजोआज तालमा स्थानीय पर्यटकहरु तालमा रमाउन जाने गरेका छन् ।

           घोराही १५ का विमल केसीले तालमा आउँदा निकै खुशी लागेको बताए । तर उनले तालको वरपर पुरै खुल्ला रहेकाले तारबारको व्यवस्था गर्नुका साथै सफा राख्नुपर्ने बताए । 

          त्यसैगरी घोराही १५ का समिर भण्डारीले ताल पर्यटकीय केन्द्रका रुपमा जाने भन्दै बोटहरु थप्‍नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने बताए । प्रदेश ५ सरकारको ५० लाख र घोराही उपमहानगरले रकम थप गरी ड्याम निर्माण गरी ताल बनाइएको हो । आठ बिगाहा क्षेत्रफलमा फैलिएको ताललाई बहुउद्देश्यीय बनाउने प्रदेश सरकारको योजना अनुसारको काम भइरहेको छ । 

          यो ताल अहिले बोटिङ गर्नेहरुको स्थलमात्रै बनेको छैन, यहाँ २३ हजारभन्दा बढी माछाका भुरा हालिएको छ भने यसै तालबाट बगेको पानीले खेतियोग्य जमिन सिञ्‍चित भइरहेको ताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष एवं घोराही उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष राममणी पाण्डेले बताए ।

           ताललाई आम्दानीको स्रोत बनाउने, कृषिमा व्यवसायीकरण गराउने, माछा पालन गर्ने र डुंगामा शयर गराइ मनोरञ्‍जनसँगै सँगै आन्दानीमा केन्द्रित गराउने गरी स्थानियहरुलाई नै सञ्चालनको जिम्मेवारी दिइएको उपमहानगरपालीकाले जनाएको छ । ४ लाख २५ हजार घनमिटर पानी र १५ मिटर गहिराइ रहेको ताललाई बहुउपयोगी बनाउने काम भइरहेको छ ।

    सम्बन्धित समाचार