सोमवार, भाद्र २२ २०७७
नेपाल वाइड
सोमबार वैदेशिक रोजगारीका लागि विभिन्न ४ देशबाट ७०३ जना नेपालीहरु स्वदेश फर्किएका छन् । कोरोना भाइरसको महामारीपछि सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुको उद्धार गएको जेठदेखि सुरु गरेको थियो ।
अहिलेसम्म विभिन्न चार्टर्ड र नियमित उडानमार्फत ३० देशबाट ५८ हजार ४६ जना नेपाली स्वदेश आइपुगेको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । सोमबार स्वदेश फर्किनेमा साउदीबाट १५४ जना, कतारबाट ३७० जना, मलेसियाबाट १४० जना र दुईवटा शव, पाकिस्तानबाट ३९ जना नेपाली स्वदेश फर्कीएको केन्द्रले जनाएको छ ।
उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगिएको केन्द्रले जनाएको छ । उक्त होल्डिङ सेन्टरहरुमा उनीहरुको व्यक्तिगत विवरण संकलन, स्वास्थ परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरुमा समन्वय गरी क्वारेन्टिनहरुमा पठाउने तयारी भएको केन्द्रले जनाएको छ ।