Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पत्रकार महासंघ खोटाङद्वारा दुई पत्रकार पुरस्कृत, पाँच अग्रजलाई सम्मान

    पत्रकार महासंघ खोटाङद्वारा दुई पत्रकार पुरस्कृत, पाँच अग्रजलाई सम्मान


    • आइतवार, जेठ १० २०८३

    • नेपाल वाइड


    पत्रकार महासंघ खोटाङद्वारा दुई पत्रकार पुरस्कृत, पाँच अग्रजलाई सम्मान

    खोटाङ, १० जेठ । नेपाल पत्रकार महासंघ खोटाङले आफ्नो १२ औँ साधारणसभाको अवसरमा शनिबार दुईजना पत्रकारलाई “विकास पत्रकारिता पुरस्कार“ प्रदान गर्दै पाँच जना अग्रज पत्रकारलाई सम्मान गरेको छ ।

    पुरस्कृत हुनेमा महासंघका पूर्वसचिव एवम् कान्तिपुर टेलिभिजनका खोटाङ सम्वाददाता उत्तम चौलागाईँ र एभी न्यूज टेलिभिजनका सम्वाददाता तथा वर्तमान कार्यसमितिका सहसचिव राजन ठटाल रहेका छन् । दुवैलाई जिल्लामा रहेर नागरिकलाई सुसूचित गराउने कार्यको कदर गर्दै नगद पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिएको महासंघका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिए ।

    सम्मानित अग्रज पत्रकारहरूमा प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य, पूर्वअध्यक्षहरू डम्बरसिङ राई र दमन राई, अग्रज पत्रकार भीम राई र निवर्तमान अध्यक्ष दिलीप खत्री रहेका छन् । उहाँहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष हरिवोल आचार्यले जानकारी दिए । यसैबीच, साधारणसभाले महासंघले दश लाखको “जेष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष” स्थापना गरेको छ ।

    यस कोषबाट जिल्लामा २५ वर्षदेखि निरन्तर पत्रकारिता गरेका ६५ वर्ष पूरा भएका पत्रकारलाई मासिक तीन हजार रुपैयाँ पेन्सन प्रदान गरिनेछ । प्रधान सम्पादक, सम्पादक, सम्वाददाता, समाचार वाचक, फोटो पत्रकार लगायतले यो सुविधा पाउनेछन् । साधारणसभाले आगामी वर्षका नीति तथा कार्यक्रम पारित गर्नुका साथै कोशी प्रदेश सरकारको सहयोगमा आयोजित पाँच दिने “खोज पत्रकारिता एवम् मल्टिमिडिया” तालिम समेत सम्पन्न गरेको छ । तालिलमा जिल्लाका ३० पत्रकारले सहभागिता जनाएका थिए ।

    सम्बन्धित समाचार