Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावाबेँसी गाउँपालिकाद्धारा आफ्नै पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

    रावाबेँसी गाउँपालिकाद्धारा आफ्नै पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु


    • बिहिवार, बैशाख ३१ २०८३

    • नेपाल वाइड


    रावाबेँसी गाउँपालिकाद्धारा आफ्नै पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु
    रावाबेँसी गाउँपालिकाको सुविधा सम्पन्न पक्की प्रशासनिक भवन ।

    खोटाङ, ३१ वैशाख । खोटाङको रावाबेँसी गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न पक्की प्रशासनिक भवनबाट बिहीबारदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका केन्द्र कुभिण्डेको हरमटारमा स्थानीयले निःशुल्क उपलब्ध गराएको पाँच रोपनी आठ आना जग्गामा निर्मित साढे चारतले भवनको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उप-प्रमुख कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे ।

    भवनमा २१ वटा कोठा र महिला–पुरुष छुट्टाछुट्टै शौचालयको सुविधा रहेको छ । संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्मित उक्त भवन पाँच करोड ४८ लाख ४४ हजार ५८० रुपैयाँमा ठेकेदार कम्पनी एसई–धुम–एमकेएस जेभीले निर्माण गरेको हो ।

    ठेकेदारले सम्झौतामा तोकिएको समय अघि नै भवन निर्माण सम्पन्न गरी २०८२ चैत २१ गते गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत दाहालले यसअघि ट्रस भवन र साँघुरो सभाहलबाट सेवा प्रवाह गर्दा सेवाग्राहीलाई सास्ती भएकोमा अब आफ्नै पक्की भवन सञ्चालनमा आएपछि सहज भएको बताए । गाउँपालिकाको केन्द्र र नामलाई लिएर लामो समय विवाद रहँदै आएकोमा सर्वोच्च अदालतले २०८० चैत २२ गते हरमटारनै केन्द्र कायम रहने फैसला गरेपछि विवाद टुङ्गिएको थियो ।

    सम्बन्धित समाचार