Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विस्थापित नगरवासीलाई हलेसी तुवाचुङले घर बनाउन पाँच लाख दिने

    विस्थापित नगरवासीलाई हलेसी तुवाचुङले घर बनाउन पाँच लाख दिने


    • बिहिवार, बैशाख २४ २०८३

    • नेपाल वाइड


    विस्थापित नगरवासीलाई हलेसी तुवाचुङले घर बनाउन पाँच लाख दिने
    हलेसी तुवाचुङ नगरपालिका ।

    खोटाङ, २४ वैशाख । संघीय सरकारको सार्वजनिक जग्गा खाली गराउने अभियानका क्रममा काठमाडौँलगायत विभिन्न शहरबाट विस्थापित भएका नगरवासीलाई आफ्नो गाउँ फर्किएर घर बनाउन चाहेमा हलेसी तुवाचुङ नगरपालिकाले प्रतिपरिवार पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आफ्नो नाममा जग्गा भए पनि आवास नभएका विस्थापित नगरवासीलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

    संघीय सरकारको अभियानप्रति नगरपालिकाको पूर्ण समर्थन रहेको र विस्थापितलाई सम्मानपूर्वक गाउँ फर्किन आह्वान गरिएको उनले बताइन् । विस्थापित नगरवासीको लगत संकलन गर्न नगर उपप्रमुख रमेशकुमार राउतको नेतृत्वमा समिति समेत गठन गरिएको छ ।

    सूचना जारी गरी आवेदन आह्वान गरेपछि पहिचान भएका परिवारलाई सहयोग उपलब्ध गराइने नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । यसै सन्दर्भमा जिल्लाका सबै स्थानीय तहलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न जिल्ला प्रशासनले पत्राचार गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार गृह मन्त्रालयको वैशाख १६ गतेको निर्देशनका आधारमा लगत संकलन भइरहेको छ र संकलन सम्पन्न भएपछि अतिक्रमित संरचना हटाउने कार्य अघि बढाइनेछ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका र बराहपोखरी गाउँपालिकामा सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको छ ।

    विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी महादेव मन्दिरको नाममा रहेको जग्गासमेत अतिक्रमणमा परेको भए पनि राजनीतिक संरक्षणका कारण अहिलेसम्म संरचना हटाउन सकिएको छैन ।

    सम्बन्धित समाचार