Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हराएको खुकुरी खोज्न गएका दुई जनाको भीरबाट खसेर मृत्यु

    हराएको खुकुरी खोज्न गएका दुई जनाको भीरबाट खसेर मृत्यु


    • शनिवार, बैशाख १९ २०८३

    • नेपाल वाइड


    हराएको खुकुरी खोज्न गएका दुई जनाको भीरबाट खसेर मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ, १९ वैशाख । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा स्थानीय ढकालेखोला भीरबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ वर्षीय बमबहादुर राई र उनका छिमेकी ४० वर्षीय मनीकुमार राईको भिरबाट खसेर मृत्यु भएको वडाध्यक्ष फौदराज राईले जानकारी दिए ।

    वडाध्यक्ष राईका अनुसार वैशाख १८ गते घाँस गोठालो गएका बेला बमबहादुरको खुकुरी हराएको थियो । हराएको खुकुरी खोज्न वैशाख १९ गते दिउँसो बमबहादुर छिमेकी मनीकुमारलाई साथी लिएर ढकालेखोला भीर पुगेका थिए ।

    खुकुरी खोज्दै जाँदा एक जना चिप्लिएपछि अर्कोले समाउन खोज्दा दुवै जना भीरबाट खसेको अनुमान गरिएको छ । दुवैको शव उदयपुरको बेलटार लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार