Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुङ्गा गाउँपालिकाद्वारा लालीगुराँस संरक्षण अभियान शुरू

    जन्तेढुङ्गा गाउँपालिकाद्वारा लालीगुराँस संरक्षण अभियान शुरू


    • शुक्रवार, बैशाख ४ २०८३

    • नेपाल वाइड


    जन्तेढुङ्गा गाउँपालिकाद्वारा लालीगुराँस संरक्षण अभियान शुरू
    जन्तेढुङ्गा गाउँपालिका ।

    खोटाङ, ४ बैशाख । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षणका लागि विशेष अभियान शुरू गरेको छ । स्थानीय बासिन्दाले वन क्षेत्रमा घाँस तथा दाउरा सङ्कलन गर्ने क्रममा लालीगुराँसका रुख तथा बिरुवामा क्षति पुगी यसको अस्तित्व नै जोखिममा पर्ने अवस्था देखिएपछि गाउँपालिकाले अभियान सुरु गरेको हो ।

    गाउँपालिका प्रमुख अरुणदेवी राई ‘दिक्षा’ले लालीगुराँसका हाँगा भाँच्ने, फूल टिप्ने र बिरुवालाई हानी पुग्ने गतिविधि नगर्न गाउँपालिकावासीलाई सार्वजनिक सूचनामार्फत अपील गरेकी छन् ।

    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यस गाउँपालिकाका अधिकांश सामुदायिक तथा निजी वनमा लालीगुराँस पाइने भए पनि काट्न सजिलो र छिटो सुक्ने भएकाले स्थानीयले यसलाई दाउराको रूपमा प्रयोग गर्दै आएका छन् ।

    यसका साथै जानाजान डढेलो लगाउने प्रचलनले पनि लालीगुराँस लगायतका बहुमूल्य बोटबिरुवा नष्ट हुँदै गएको छ । वन ऐन २०७६ अनुसार लालीगुराँस काटेमा पाँच वर्षसम्म कैद तथा एक लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ । गाउँपालिकाले संरक्षण अभियानमा सबैको सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

    सम्बन्धित समाचार